आर्थिक वृद्धिमा सघाउने गरी मौद्रिक नीति सार्वजनीक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा कार्यक्रम एवं नेपाल सरकारको १५औँ योजनासँग सामञ्जस्ता कायम गरी देशको आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका निम्ति आज जारी भएको उक्त नीतिले आर्थिक तथा वित्तीय स्थायित्व हासिल गर्ने, वित्तीय पहुँच अभिवृद्धि, वित्तीय सेवा प्रवाहमा प्रादेशिक सन्तुलन कायम गर्दै […]

वार्षिक साढे छ अर्बको काठ आयात

– भीष्मराज ओझा झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ तथा काठजन्य सामग्री […]

लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक हुनुपर्छ: अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक हुनुपर्नेमा जोड दिनुभएको छ । व्यावसायिक इमानदारीलाई अक्षुण राख्दै लेखापरीक्षकहरूले यथार्थपरक प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिनुभएको हो। वित्तीय सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक हुनेैपर्ने अपरिहार्यता औँल्याउनुभएको छ । नेपाल चार्टर्ड एकाउण्टेटस् संस्था (आइक्यान) ले आयोजना गरेको एक […]

सम्झौता नगर्ने भूकम्पपीडित लाभग्राही सूचीबाट हटाइए

काठमाडौं : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । यसैगरी २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेलाई पनि लाभग्राहीको सूचीबाट हटाइएको छ । अनुदान लाभग्राहीमा परे पनि ५७ हजार ३०९ ले अनुदान सम्झौता गरेका छैनन् । कूल लाभग्राही आठ लाख २६ हजार ९३३ […]

नेप्सेको उकालो यात्रा जारी

काठमाडौं:  धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ । परिसूचक बढे पनि आज कारोवार रकम […]

क्षेत्र विकास कोषको भक्तपुरमा सही सदुप्रयोग: सांसद महेश बस्नेत

भक्तपुर : पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर जिल्लाको क्षेत्र विकास कोष तथा अन्य विकास निर्माणका कार्यहरु खुल्ला किताव जस्तै भएको औल्ल्याउनुभएको छ । कतिपय बुद्धिजीवि तथा केही मिडियाकर्मीले फुर्सद भएमा भक्तपुरमा भइरहेका सम्पूर्ण विकास निर्माणका आयोजनाहरु स्थलगत अध्ययन गरी सत्य तथ्य बुझ्न आग्रह गर्नुभयो । मध्यपुर थिमी नगरपालिका वडा नं. १ स्थित मनोरम […]

नेपाल–चीन हवाई सेवा सम्झौता, सबै विमानस्थलमा उडान एजेन्डा

काठमाडौ : नेपाल र चीनबीच हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन गर्न नेपाली प्रतिनिधिमण्डल आज चीन प्रस्थान गर्दैछ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजकत्वको टोलीले चिनीयाँ पक्षसँग छलफल गरी पुनरावलोकनाका लागि निष्कर्ष निकाल्नेछ । वार्तामा नेपाली वायुसेवाका निम्ति सबै चिनीयाँ विमानस्थलमा उडान खुलाको एजेन्डालाई प्राथमिकताका साथ अगाडि सार्ने आचार्यले जानकारी दिए […]