दर्बाङ कालिका हाइड्रो प्रोजेक्ट लगानी अभियान युरोपबाट थालनी

दर्बाङ कालिका हाइड्रो प्रोजेक्टको सेमिनारको लागि अहिले प्रोजेक्ट टोलि युरोप भ्रमणमा छन्। यसै सिलसिलामा Farnborough Hampshire Londan बेलायतमा सेमिनार सम्पन्न गरेका छन्। उक्त सेमिनारमा उल्लेखनीय रुपमा नेपालीहरुको सहभागीता रहेको थियो ।हाइड्रो प्रोजेक्ट २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण हुने भएको जानकारी दिइएको थियो। स्वदेश तथा विदेशमा रहेका म्याग्दीबासी लगायतलाई गैर म्याग्दीबासीको पनि लगानी गर्न सकिने […]

घरवास (होमस्टे) आएका बाह्य पर्यटकलाई स्वागतस्वरुप तीनपटक लोकल रक्सी !

तस्विरमा समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचारमा रहेको पर्यटकीय बेँसीशहर नगरपालिका– ३ गाउँशहरको काउलेपानी घरवास (होमस्टे) मा आएका पर्यटक । बेँसीशहर नगरपालिका– ३ गाउँशहरमा रहेको काउलेपानी घरवास (होमस्टे)मा आएका बाह्य पर्यटकलाई स्वागतस्वरुप तीनपटक लोकल रक्सी खुवाउँदै होमस्टे सञ्चालक महिला । तस्वीर:  जनक श्रेष्ठ /रासस

माथिल्लो तामाकोशीमा सकस: ठाडो सुरुङमा पाइप जडान चुनौतीपूर्ण, काम सन्तोषजनक भएन

काठमाडौं : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाप्रति सरकारको जति चासो छ, त्योभन्दा बढी आम नागरिकको छ । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करीब छ लाख सञ्चयकर्तामध्ये तीन लाखले आयोजनाको साधारण शेयर खरीद गरेका छन् । यस्तै तीन लाख बढी नागरिकले सर्वसाधारणको हैसियतमा आयोजनाको साधारण शेयर खरीद गरी लगानी गरेका छन् । आयोजना कहिले सकिएला र […]

शेयर बजार : नेप्सेमा सामान्य सुधार

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २।४८ विन्दुले बढेर एक हजार २७१।२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।१९ विन्दुले बढेर २७३।५० मा पुगेको छ । नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० […]

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा: के हो नेटवर्क आर्क ब्रिज ?

सञ्चिता घिमिरे /काठमाडौं   बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि […]

हिमालय एयरलाइन्सले सोमबारदेखि काठमाडौँ–ढाका सिधा उडान गर्ने

काठमाडौं : निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्दैछ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने भएको हो । । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको छ । पर्यटकीय सम्भावना बोकेको गन्तव्य […]

सिभिल आईएसओ प्रमाणित बैंक बन्न सफल

काठमाडौं: समृद्धिका लागि सिभिल बैंक भन्ने नारासहित अगाडि बढी रहेको सिभिल बैंक आईएसओ ९००१ः२०१५ प्रमाणित बैंक बन्न सफल भएको छ । आईएसओ ९००१ः२०१५ को प्रमाणपत्रको आधिकारिक संस्थाका नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारास्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमकाबीच सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रमाणपत्र प्रदान गर्नुभयो । ईएसओ ९००१ः२०१५ […]