स्टकको शेयर बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर रु १०० अङ्कित दरका १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक बंैक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा […]

प्रदेश नं ५ को आवधिक योजना सार्वजनिक

बुटवल : प्रदेश नं ५ को सरकारले प्रदेशको योजनाबद्ध विकासका लागि तयार पारेको प्रथम आवधिक योजना आज सार्वजनिक गरेको छ । प्रदेश सरकारको पञ्चवर्षीय आवधिक योजनामा प्रदेशको विकासलाई योजनाबद्धरुपले अघि बढाउने विषय एवं कार्यक्रम उल्लेख गरिएको छ । प्रदेश सरकारले आव २०७६÷७७ को बजेट यसै आवधिक योजनालाई आधार मानेर बजेट ल्याएको हो । यो आवधिक […]

शेयर बजार: नेप्से परिसूचक उकालो लाग्यो

काठमाडौं : धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४।४५ विन्दुले बढेर एक हजार २५९।०१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।९७ विन्दुले बढेर २७१।२५ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उकालो […]

तमोर करिडोरको काम ६० प्रतिशत सकियो: ट्रयाक खोल्ने काम असोजसम्ममा सम्पन्न भइसक्ने

विपुल अधिकारी /पाँचथर राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत तमोर करिडोरको काम ६० प्रतिशत सम्पन्न भएको छ । पूर्वी पहाडलाई तराई र काठमाडौँ जोड्ने द्रुतमार्ग तमोर करिडोरको ट्रयाक खोल्ने काम असोजसम्ममा सक्ने गरी भइरहेको निर्माण कम्पनीले जनाएको छ । रु छ अर्ब २३ करोड ४९ लाख लागतमा विस २०७४ देखि शुरु भएको यो करिडोर १४८ […]

शेयर बजार : नेप्से पाँच अङ्कले बढ्यो

सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५।०८ बिन्दुले बढेर एक हजार २५४।५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १।७१ बिन्दुले बढेर २७०।२८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा […]

गौतमबुद्ध विमानस्थल निर्माणको समयावधि थपियो

काठमाडौ : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप […]

बीस अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौ : नेपाल राष्ट्र बैंकले सोमबार रु २० अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकले यही असार ३१ गते बोलकबोल प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको सूची सार्वजनिक गर्दै कुन संस्थाले के कति मात्रामा टे«जरी बिल खरीद गर्न […]