काठमाडौं : सरकारले अविरल वर्षापछि आएको बाढी र पहिराका कारण प्रभावित भएको क्षेत्रमा उद्धार र राहतमा जुट्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सुरक्षा निकाय तथा स्थानीय समुदायलाई आग्रह गरेको छ । प्रभावित तथा सम्भावित जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायको तत्काल उद्धार तथा सुरक्षित आश्रयस्थलको व्यवस्था अझ प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल […]
काठमाडौं : यो साताभर शेयर बजारमा उतार चढावपूर्ण कारोवार भयो । सातामा पाँच दिन खुलेको बजारमा कूल १७३ कम्पनीको एक करोड १३ लाख ८७ हजार ६१६ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ६८ लाख ९५ हजार १२७ मूल्यमा खरीद बिक्री भए । गत साताको अन्तिम दिन अर्थात् १९ गते बिहीबार आठ अङ्कले घटेर एक […]
काठमाडौं : एउटै बीलबिजक देखाएर पटकपटक मालवस्तु बिक्री तथा ढुवानी गर्दै आएका व्यवसायीलाई राजश्व तिर्न बाध्य गराउने गरी सरकारले आगामी साउन १ गतेदेखि वेभमा आधारित केन्द्रीय सूचना प्रणाली लागू गर्ने भएको छ । राजश्व छली गर्ने उद्देश्यले एउटै बीलबिजक देखाउँदै व्यवसायीले मालवस्तु आयात, निर्यात तथा बिक्री वितरण गर्दै आएका थिए । सरकारको राजश्वमा समेत त्यसले […]
सिन्धुपाल्चोक : चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ । एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु भएसँगै कारोबार बढ्दै गएको हो । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ […]
काठमाडौँ : त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको हो । विमान धानमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ‘डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको बताइएको छ । विमानमा सवार यात्रुहरुमध्ये […]
चितवन : जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा कूल धान रोपाइँ २८ हजार ६०० हेक्टरमध्ये आजसम्म करीब १३ हजार ३७० हेक्टरमा मात्र रोपाइँ भएको […]
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही ऊर्जा उद्यमीले काबेली करिडोर प्रसारण लाइनमा नियोजित रुपमा अवरोध गरेको बताउनुभएको छ । तोकिएको समयमा विद्युत् उपलब्ध गराउन नसक्ने भएपछि नियोजित रुपमा अवरोध भएको घिसिङले बताउनुभयो । उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको बेला भारतीय ठेकेदार कम्पनीको पेटी ठेक्का लिएका ऊर्जा उद्यमीसमेत सहभागी स्थानीय […]