काठमाडौं: आर्थिक अनुशासनलाई लत्याउँदै अर्थ मन्त्रालयले चैत महिनामा ११ अर्ब ८८ करोड १० लाख ४२ हजार १८५ रुपैयाँ रकमान्तर गरेको छ। चैतमा अर्थले १२३ वटा फाइलबाट आर्थिक सहायता, भौतिक सुविधा, संघीय संरचना सुधार कार्यक्रमलगायतका नाममा यो रकम रकमान्तर गरेको हो। विगतको जस्तै शक्तिशाली नेताको निर्वाचन क्षेत्रमा अर्थले थप रकम दिएको छ।आर्थिक अनुशासनहीनता तोड्ने र जथाभावी […]
काठमाडौं: नयाँ वर्ष लागेसँगै शेयर बजारमा उत्साह छाएको छ । नयाँ वर्ष लागेसँगै कारोबार भएको आज तेस्रो दिन पनि लगातार शेयर बजार उकालो लागेको छ । सोमबारदेखि उकालो लागेको बजारले बुधबारसम्म निरन्तरता पाइरहेको छ । शेयर बजार बुधबार ५ अंकले बढेर नेप्से परिसूचक १ हजार २१७ अंकमा पुगेको छ । बुधबार ८२ करोड १६ लाख […]
जुम्ला : जुम्ला विमानस्थल २० दिनका लागि बन्द गरिने भएको छ । यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द गरिने भएको हो । जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार विमानस्थलको स्तरोन्नति कार्यलाई छिटो सकाउनको लागि विमानस्थल नै बन्द गर्ने निर्णय गरिएको हो ।विमानस्थलको रनवे र पार्किङतर्फ घास उम्रनेदेखि पहिले गरेको कालोपत्रे उप्किसकेकाले स्तरउन्नति गर्न लागिएको शर्माले […]
काठमाण्डौ: नेपाली बजारमा आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ भित्रिएको छ । यसको मूल्य मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ । हिरो मोटोकर्प लिमिटेडले सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ बजारमा ल्याएको हो । ग्राहकको चाहनालाई ध्यानमा राखेर आइथ्रीएस प्रविधिजडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भार्गभले जानकारी दिनुभयो ।
काठमाण्डौ : सुनको भाउ घटेको छ । बुधबार सुन तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बुधबार तोलामा ५ रुपैयाँ बढेर ७ सय २५ रुपैयाँमा कारोबार […]
काठमाडौं : नेपालमा ११ लाख ९८ हजार ५ सय ३५ हेक्टरमा कफी उत्पादनको सम्भावना रहेको एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक गरिएको सर्वेक्षणले मुलुकभरमा कैलाली जिल्लाको छुरे गाउँपालिकामा कफी उत्पादनको उच्च सम्भावना देखिएको छ । विभिन्न निकायको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षणले ६१ हजार २ सय २८ हेक्टरमा उच्च सम्भावना […]
काठमाडौं : चालु आर्थिक वर्षको ८ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । गत फागुनसम्म रेमिट्यान्स आप्रवाह बढेर ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो […]