काठमाडौँ – केरुङ–काठमाडौँको रेलमार्गको डिपिआर छ महिनामभित्र टुङ्गो लाग्ने भएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (पिआर) तयार हुने भएको हो । डिपीआर तयारी भएसँगै रेलमार्ग निर्माणको ढाँचा बन्नेछ । पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी सरकारको छ । भौतिक पूर्वाधार […]
शरद शर्मा /काठमाडौँ सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि मितव्ययिता अपनाउने घोषणा गरेसँगै आफ्नो कार्यालयको खर्चमा एक वर्षमा नै २८ प्रतिशत कमी ल्याउनुभएको हो । प्रधानमन्त्री भएलगत्तै मन्त्रिपरिषद् बैठकदेखि शुरुमा सचिवालयमा सङ्ख्या ७६ बाट झारेर ५२ बनाउनेसँगै मितव्ययी अपनाउन […]
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी पुरा भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले दुई दिने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिँदै सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने बताउनुभयो । […]
प्रकाश सिलवाल /काठमाडौँ लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला रु झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने र जनसम्पर्क भएका मन्त्रालय र निकायले प्रभावकारीरुपमा सूचना प्रवाह गरेका होलान् भन्ने लाग्नसक्छ तर यथार्थ त्यस्तो छैन । राष्ट्रिय सूचना आयोगको ¬‘सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७५’ ९आरटिआइ अडिट¬० […]
काठमाडौं – बढ्दो आयात तर निर्यातस्थित रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १ सय ५५ वटा मुलुकसँग व्यापारमा भने घाटा […]
काठमाडौँ, १२ चैत -सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २।०७ विन्दुले बढेर एक हजार १४०।७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४२ ले वृद्धि भई २४२।६७ विन्दुमा पुगेको छ । कूल १७१ […]
काठमाडौँ- युवालाई स्वरोजगार बनाउन प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने सरोकारवालाले बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज भक्तपुरमा आयोजना गरेको ‘युवा उद्यमी र सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा युवालाई प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने बताउनुभएको हो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले युवा उद्यमीलाई आफूहरुले सरल रुपमा कर्जा प्रदान गरिरहेको बताउनुभयो […]