नागरिकता विधेयक पारित भएपछि कुँवरले भने-एनआरएनलाई नेपालमा आधिकारिक रुपमा बस्न र लगानी गर्न बाटो खुल्यो

काठमाडौं : बिनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले संसदबाट नागरिकता विधेयक पारित भएकोमा खुसी ब्यक्त गरेको छ । संघका अध्यक्ष कुँवरले गैर आवासीय नेपाली नागरिकता दिने गरि शुक्रबार प्रतिनिधिसभाबाट विधेयक पारित हुनुले गैर आवासीय नेपालीहरुलाई नेपालमा आधिकारिक रुपमा बस्न र लगानी गर्ने वातावरण बनेको बताउनु भयो । कुँवरले गैर आवासीय नेपालीहरुले नागरिकता पाएसँगै विदेशमा […]

एनआरएनएले मधेश प्रदेशलाई ब्लड बैंक बस सहयोग गर्ने

काठमाडौं : गैर आवासीय नेपाली संघले मधेश प्रदेश सरकारलाई ब्लड बैंक बस सहयोग गर्ने भएको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनिल साहको नेतृत्वमा मधेश प्रदेश सरकारलाई ब्लड बैंक बस सहयोग गर्न लागिएको हो । रक्तदानको अभियानलाई अझ सहज बनाउने उद्देश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि […]

काठमाडौँ महानगरले ल्यायो २५ अर्व ४१ करोड ९६ लाख ९६ हजारको बजेट

काठमाडौं । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभाको ११ औँ अधिवेशनमा सभाकी उपाध्यक्ष एवं महानगरकी उपप्रमुख सुनिता डंगोलले अनुमानित बजेट पेश गर्नुभएको हो । […]

सूर्यविनायक नगरपालिकाको अनुमानीत बजेट रु १ अर्ब ९२ करोड १८ लाख (पूर्णपाठसहित)

भक्तपुर : सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९÷०८० को अनुमानीत बजेट रु १ अर्व ९२ करोड १८ लाख ७७ हजार विनियोजन गरिएको छ । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको ११ औं नगरसभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आर्थिक बर्ष २०७९÷०८० को आय/ब्यय प्रस्तुत गर्नु भएको हो । प्रस्तुत बजेटमा चालुतर्फ रु २४ करोड ८२ लाख […]

सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनीक (पूर्णपाठसहित)

भक्तपुर । सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनीक भएको छ । नगरपालिकाको ११ औं नगर सभामार्फत नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम सार्वजनीक गर्नु भएको हो । नगरप्रमुख थापाले सार्वजनीक गर्नु भएको नीति तथा कार्यक्रममा १२४ वटा बुँदाहरु समावेश गरिएको छ ।  ‘कृषि, शिक्षा, पर्यटन र पूर्वाधार सूर्यविनायक समृद्धिको […]

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको १२ लाख ८७ हजार सहयोग

काठमाडौं:  गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ सहयोग गरेको छ । आज एनआरएनए सचिवालयमा आयोजीत एक कार्यक्रमका बीच कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई सो सहयोग हस्तान्तण गर्नुभयो । सहयोग बुझ्दै डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । […]

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, पेट्रोलमा २१ र डिजल तथा मट्टीतेलमा २७ रुपैयाँ बढ्यो

काठमाडौं: सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । रुस र युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्नु परेको नेपाल आयल निगमले जनाएको छ । बढेको मूल्य अनुसार डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको हो । यससँगै […]