काठमाडौं: सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । नेपाल आयाल निगमले डिजेलको मूल्यमा १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढाएको हो । विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २५ प्रतिशत भाडा बढेको छ । […]
काठमाडौ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको हो । पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढेको छ । आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ। एलपी […]
काठमाडौं: काठमाडौंमा घर बनाउने प्रयोजन (आवास) को लागि एक सय ३० वर्गमिटर (४ आना) भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नियमावली २०७९ मा यस्तो व्यवस्था गरिएको हो । नियमावली अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई न्यूनतम ५ सय वर्गमिटर र […]
काठमाडौँ: काठमाडौं उपत्यकाको फोहोर लिएर गएका गाडीलाई बञ्चरेडाँडाका स्थानीय बासीन्दाले अवरोध गरेका छन् । लामो समयपछि आजदेखि उठाउन थालिएको फोहोर फाल्न ल्याण्डफिल्ड साइटका स्थानीयले फेरि अवरोध गरेका हुन् । सोमबार सरकार, नगरपालिकाहरु र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिहरुबीच भएको सहमति नमान्ने भन्दै नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर लिएर गएका गाडीलाई अवरोध गरेका हुन् । सोमबार शहरी विकास […]
काठमाडौँ । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ। बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद सचिवालयले जनाएको छ। बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, […]
काठमाण्डौ : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निर्णय अनुसार आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । मूल्य घटेसँगै अब पेट्रोल लिटरको एक सय ७० र […]
काठमाडौं: इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य बढाएर पठाएको छ । पेट्रोलमा ८ रुपैयाँ २१ पैसा बढेर आएको छ। डिजल लिटरमा ७ रुपैयाँ घटेर आएको छ । त्यसैगरी, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । खाना पकाउने एलपी ग्याँसको १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ […]