यस्तो छ आर्थिक वर्ष २०७९/८० को बजेट (पूर्णपाठ)

काठमाण्डौ: सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब […]

स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ बजेट

काठमाण्डौ: सरकारले आउँदो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रका लागि एक खर्ब तीन अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेको बजेटबारे जानकारी दिनु भयो । कुल बजेटमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ, प्रदेशमा ६ अर्ब […]

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० र ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाइयो

काठमाडौँ : इन्धनको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हो । भाउँ बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ […]

कस्तो छ एनआरएनएको आर्थिक अवस्था ? कुन खातामा कति छ रकम ?

काठमाडौं : गैर आवासीय नेपाली संघमा नगद तथा बैकमा गरि ६ करोड २४ लाख २१ हजार ९५६ रुपैयाँ २३ पैसा मौज्दात रहेको पाइएको छ । विभिन्न बैंकमा खोलीएका २२ खाता र नगदमा गरि सो रकम मौज्दात रहेको पाइएको हो । नयाँ कार्यसमितिले ‘पारदर्शिता, सहभागिता, जवाफदेहिता र विश्वास’ भन्ने नारा सहित मासिक, त्रैमासिक तथा वार्षिक प्रतिवेदन […]

एनआरएन फण्डलाई ५० अर्ब पुर्‍याउनुस, सरकार २० प्रतिशतसम्म लगानी गर्न तयार छ: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले १० अर्बको एनआरएन फण्डलाई ५० अर्ब पुर्याउन आग्रह गर्नु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बुधबार आयोजना गरेको डलर खाता र लगानी विषयक कार्यक्रममा बोल्नु हुँदै अर्थमन्त्री शर्माले फण्डलाई ५० अर्ब पुर्याए सरकार २० प्रतिशतसम्म लगानी गर्न तयार रहेको बताउनु भएको हो । ‘एनआरएन फण्डलाई कम्तिमा ५० […]

नेपालमा डलर खाता खोल्न प्रोत्साहन गर्दै एनआरएनए

काठमाडौं : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैर आवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग […]

अर्थतन्त्र सही दिशामा छ, श्रीलंका जस्तै हुन्छ भनेर अफवाह फैलाइयो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सही दिशातीर गइरहेको दावी गर्नु भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको र अर्थतन्त्र सही दिशाउन्मुख रहेको दावी गर्नु भएको हो । अर्थमन्त्री शर्माले देश श्रीलंका जस्तो हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति पनि जनाउनु भयो । उहाँले […]