काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पशुपतिनाथ क्षेत्रमा बृद्धाश्रम निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग माग गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्य, रविना थापा र डा. बद्री केसीसहितका नवनिर्वाचित पदाधिकारीको टोलीले विभिन्न मन्त्रीसँग भेटघाट गर्दै बृद्धाश्रम निर्माणको लागि जग्गा उपलब्ध गराइदिन माग गरेको हो । पहिलो ६ महिना कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनु […]
काठमाडौँ । सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार (आज)बढेको छ । ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । २६०० बिन्दुमा तलमाथि गरिरहेको बजार त्यो भन्दा पनि तल गिरेपछि निराश भएका शेयर कारोबारीको अनुहार आज भने नेप्सेले उज्यालो बनाएको छ । नेप्से चैत ९ गते बुधबारदेखि नै घट्दो क्रममा थियो […]
काठमाडौं – कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको सात उडान गर्ने भएको हो । जजिराले आगामी २ जेठदेखि दैनिक एक उडान गर्ने गरि नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको हो । जजिराले अहिले काठमाडौंमा समेत नियमित उडान गर्दै आइरहेको छ । त्यस्तै, जजिरासँगै हालसम्म विभिन्न […]
दोहा – कतारमा आयोजित अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा विभिन्न उत्पादनका नेपाली स्टलहरु राखिएको छ । कतारको वातावरण तथा नगरपालिका मन्त्रालयले आयोजना गरेको प्रदर्शनीमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै विभिन्न उत्पादनका नेपाली स्टलहरु राखिएको हो । बिश्वका ५० भन्दा बढि मुलुकले सहभागिता जनाएको प्रदर्शनीमा नेपाल चिया तथा कफि बिकास वोर्डबाट बिभिन्न ब्राण्डका चिया तथा कफि, नेपाल अलैची […]
सियोल – दक्षिण कोरियाले युक्रेनमाथि रुसी आक्रमणको विरोध जनाउँदै प्रतिबन्ध लगाएको छ । विदेश मन्त्रालयले रुसको केन्द्रीय बैंकसँगको कारोबार कटौती गर्दै प्रतिबन्धको घोषणा गरेको हो । युक्रेनमाथिको आक्रमणलाई लिएर मस्को विरुद्ध कडा कदम चाल्ने पश्चिमी राष्ट्रहरूको प्रयासमा कोरियाले पनि साथ दिएको हो । अमेरिकाले यसअघि रुसको केन्द्रीय बैंक, वित्त मन्त्रालय र सार्वभौम सम्पत्ति कोषसँगको कारोबारमा […]
काठमाडौँ ।विश्व बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्य प्रतिब्यारेल १३० रुपैयाँ पुगेको छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमका अनुसार आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १३० डलरभन्दा माथि पुगेको हो । यस्तै, आज डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल १२५ डलरभन्दा माथि पुगेको छ भने तरल प्राकृतिक ग्यासको मूल्य पनि प्रति ब्यारेल ५ डलरभन्दामाथि […]
काठमाडौँ। आगामी बुधबार ६ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी दुई किसिमका कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, सामूहिक संघ, संस्था तथा व्यक्तिले आज सोमबार दिउँसो ३ […]