आन्तरिक हवाई उडानको भाडा बढ्यो, कुन रुटकाे भाडा कति ?

काठमाण्डौ – नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएसँगै आन्तरिक हवाई उडानको भाडा बढेको छ ।  उडान कम्पनीहरुले भोलिदेखि लागु हुनेगरी भाडा वृद्धि गरेको जनाएका छन् । एअरलाइन्स कम्पनीहरुले सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढाएका छन् । उता काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, […]

नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो

काठमाडौँ –  चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको […]

नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

काठमाडौँ (नागढुङ्गा) – नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ । सुरुङ मार्गमा खटिएका […]

विद्युत् प्राधिकरणको नाफा छ महिनामै १२ अर्ब, वार्षिक नाफा १५ अर्ब नाघ्ने

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो छ महिनामै १२ अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्ष प्राधिकरणको कुल नाफाको तुलनामा दोब्बर हो । प्राधिकरणले सार्वजनिक गरेको आव २०७८/७९ को पहिलो छ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा १२ अर्ब १२ करोड रुपियाँ नाफा आर्जन भएको छ । अघिल्लो […]

२५ शैयाको सूर्यविनायक नगर अस्पताल संचालनमा, पूर्व प्रधानमन्त्री ओलीद्धारा औपचारिक उद्घाटन

भक्तपुर – सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आएको छ । नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न जगातीमा निर्माण गरेको २५ शैयाको अक्सिजन प्लान्टसहितको अस्पताल संचालनमा ल्याएको हो । अस्पतालको शनिबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेवा शुभारम्भ गर्नु भयो । अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा […]

आठ वर्षदेखि उत्तरी नाकाबाट निर्यात शून्य, तातोपानी र केरुङबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध

सिन्धुपाल्चोक – उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार आठ वर्षदेखि सहज छैनन् । यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य छ । यी दुवै नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्धजस्तै हुँदै आएको, निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । नेपाल हिमालय सीमापार […]

चीनमै रोकियो एक लाख मेट्रिक टनभन्दा बढी मल

काठमाडौँ – चीनले नेपाललाई पठाउनुपर्ने एक लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल समयमा आएको छैन । खरिद गरिएको उक्त मल तोकिएको समयमा नआउँदा कृषि सामग्री कम्पनी भने अप्ठ्यारोमा परेको छ । कम्पनीका कार्यवाहक प्रमुख राजेन्द्रबहादुर कार्कीले चीनबाट आउनुपर्ने रासायनिक मल समयमा आइदिएको भए मलको हाहाकार नहुने बताउनुभयो । पटक–पटकको प्रयासका बाबजुद पनि पाँच/छ महिनादेखि चीनबाट […]