बुद्ध एयरको पोखराबाट सिमरा सिधा उडान सञ्चालन हुने

प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँ बाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ । पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट सिधा उडान विस्तार गरेको […]

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन

कैलाश लामा/ चरीकोट राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा ठूलो हो । यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिसकेको आयोजनाले सोमबार छैटौँ युनिटबाटसमेत उत्पादन थालेको हो । यससँगै १० वर्षदेखि निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना […]

एक करोड भन्दा बढी मूल्यको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउँदै एनआरएनए अमेरिका

न्यूर्योक – गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी गरेको छ । एनसिसी अमेरिकाले १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउन सहयोग संकलन भइरहेको प्रवक्ता तोया दाहालले जानकारी […]

एनआरएन डेभलपमेन्ट फण्डमार्फत छिट्टै आइपीओ जारी हुने

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनआरएन डेभलपमेन्ट फण्डमार्फत छिट्टै आइपीओ जारी हुने बताउनु भएको छ । विदेशमा रहेका साना लगानीकर्ताहलाई पनि लगानीको अवसर प्रदान गर्ने गरि छिट्टै आइपीओ जारी गरिने अध्यक्ष पन्तले बताउनु भएको हो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँग एनआरएनए टोलीले गरेको भेटमा अध्यक्ष पन्तले सो कुरा बताउनु भएको हो […]

सरकार र एडीबीबीच १ करोड ५९ लाख डोज कोभिड खोप खरिदका लागि ऋण सम्झौता

काठमाडौं  – कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। बुधवार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो । सहुलियत ऋण […]

६ करोड ८५ लाख लागतमा महाँकाल गाउँपालिकाको प्रशासनिक भवन बन्ने, शिलान्यास सम्पन्न

ललितपुर – ललितपुरको महाँकाल गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणका लागि बुधवार शिलन्यास गरिएको छ । महाँकाल गाउँपालिका वडा नं ३ स्थित गोटीखेलमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि शिलन्यास गरिएको हो । कुल ६ करोड ८५ लाख रुपैयाँ लागतमा गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण हुन लागेको हो । यस आर्थिक वर्ष भित्रमा भवन निर्माण गरिसक्ने गरी […]

कुलमानले गरे पदबहाली, सबैको सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको कुलमान घिसिङले पदभार सम्हालु भएको छ । दोस्रो पटक पदभार समाल्न प्राधिकरण पुग्नु भएको कुलमानलाई कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । सरकारले नियुक्त गरेसँगै उर्जा जलस्रोत तथा सिँचाइ उर्जामन्त्री पम्फा भुसालले घिसिङलाई […]