माथिल्लो तामाकोशी जलविद्युत आयोजना: सुरुङ परीक्षण सफल, आगामी हप्ता ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने

चरिकोट। विगत १० वर्षदेखि दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ परीक्षण सफल भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाख १६ गतेबाट मुख्य सुरुङमा पानी पठाएर परीक्षण सुरु गरेकोमा आइतबार विहान परीक्षण सफल भएको हो । सुरुमा इन्टेक कल्भर्ट र बालुवा थिग्रयाउने पोखरीमा पानी भरेर […]

अक्सिजन सिलिण्डर खरिदका लागि एनआरएनए कुवेतको १६ लाख ७४ हजार सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ १६ लाख ७४ हजार ९ सय रुपैयाँ सहयोग गरेको छ । एनआरएनए कुवेतले अक्सिजन सिलिण्डर खरिदको लागि संकलीत रकम सहयोग गरेको हो । एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक कार्यक्रम बिच सो सहयोग हस्तान्तरण गरिएको हो । एनआरएनए कार्यालय प्रमुख राजेश रानालाई कुवेतबाट […]

नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न १ लाख २५ हजार डलर सहयोग गर्ने एनआरएनए अमेरिकाको निर्णय

टेक्सस। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न १ लाख २५ हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनसिसी अमेरिकाको बैठकले कोभिड- १९ को सयोगार्थ नेपालमा निर्माण गर्ने अक्सिजन प्लान्टका लागि १ लाख २५ हजार डलर सहयोग गर्ने निर्णय गरेको हो । सो रकम​ गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय […]

कोरोना नियन्त्रणमा एनआरएनए स्पेनले पठायो साढे १३ लाख सहयोग (सहयोगीको नामावलीसहित )

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनले कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ (९ हजार ७ सय ४४ यूरो) सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमार्फत सो सहयोग पठाएको हो। एनसिसी स्पनेले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको खातामा सो रकम  ट्रान्सफर गरेको हो । संघका कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले एक बिज्ञप्ति जारी […]

होटलको २० अर्ब लगानी जोखिममा: दैनिक २५ करोड घाटा, १० हजार मजदुरको बेहाल

दमक । पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ रहेको दमकको थकाली किचनमा दिनभर जतिखेर गए पनि खान पाइन्थ्यो । होटल एकछिन पनि खालि हुँदैनथ्यो । दुई महिनादेखि होटल पूर्ण रूपमा बन्द छ । होटलका कर्मचारीहरू भने अहिले त्यहीँ खाना खाएर दिन कटाइरहेका छन् । “बैङ्कको ब्याज तिर्न र कामदारलाई आकर्षक सुविधा दिन पनि कुनै चिन्ता थिएन र कमाइ […]

कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियालगायतका देशहरुमा हवाई उडान शूरु गर्ने निर्णय

काठमाडौं । कोरोना व्यवस्थापन निर्देशक समितिले नेपाली कामदार धेरै भएका देशहरूमा फेरि हवाई उडान सुरू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार बालुवाटारमा बसेको बैठकले कतार, साउदी अरेबिया, जापान, मलेसिया लगायतका मुलुकमा पुनः हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो । यी देशहरूबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी […]

लुुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोडको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको हो । चालूतर्फ १४ अर्ब ९३ करोड र पूँजीगततर्फ २१ अर्ब १७ करोड विनियोजन गरिएको छ । चालु वर्षमा ३७ अर्ब […]