जनकपुर । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको सहयोगमा जनकपुरमा २० बेडको कोभिड- १९ आइसोलेसन सेन्टर स्थापना गरिएको छ । जनकपुरमा रहेको Craniofacial Center मा कोभिड आइसोलेसन सेन्टर स्थापना गरिएको हो । आइसोलेसन सेन्टर स्थापना भएसँगै अहिले बिरामी भर्ना गरी उपचार शूरु गरिएको छ । आइसोलेसन सेन्टरमा बिरामीलाई निशुल्क बेडको वन्दोवस्त गरिएको छ भने […]
काठमाडौं । गैर आवासीय नेपाली संघ र विभिन्न संघसंस्थाहरुले पठाएको अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरिएको छ । एनआरएनएले आयोजना गरेको एक मर्चुअल कार्यक्रम मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई अक्सिजन कन्सन्ट्रेटर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ ‘अभियान अन्तर्गत गैर आवासीय नेपाली संघका विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा […]
काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले बजेटमा नै १० अर्ब फ्रन्टलाई समावेश गरेकोमा खुसी ब्यक्त गर्नु भएको छ । विश्वसन्देसंग कुरा गर्दै संघका अध्यक्ष कुमार पन्तले बजेटले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गरेकोमा खुशी व्यक्त गर्नु भयो । १० अर्बको प्रोजेक्टलाई बजेटमार्फत नै सम्बोधन गर्नु सुखद पक्ष रहेको उहाँले बताउनु भयो । […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनीक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनीक गर्नु भएको हो । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो। चालु आर्थिक वर्षको […]
काठमाडौं । सरकारले तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको जाम हटाउने लक्ष्यका साथ सुरूङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट विनियोजन गरिएको जानकारी गराउनु भयो । त्यस्तै, चक्रपथमा पर्ने राजधानीका व्यस्त सातदोबाटो, ग्वार्को र एकान्तकुनामा फ्लाइओभर बनाइने भएको छ । २ वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब […]
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एक वर्षभित्रमा न्यूनतम १ सयवटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै जानकारी दिनु भएको हो । अर्थमन्त्री पौडेलले साझा यातायातसँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गरिने बताउनु भयो । त्यस्तै, आगामी आर्थिक वर्षमा विभिन्न स्थानमा निजी क्षेत्रको ५०० वटा चार्जिङ […]
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्नुहुँदै कोरोना उपचारका लागि चाहिने पूर्वाधारका लागि आवश्यक बजेटको प्रबन्ध गरिएको जानकारी गराउनु भयो । अर्थमन्त्री पौडेलले सामुदायिक तथा निजी […]