काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एक वर्षभित्रमा न्यूनतम १ सयवटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै जानकारी दिनु भएको हो । अर्थमन्त्री पौडेलले साझा यातायातसँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गरिने बताउनु भयो । त्यस्तै, आगामी आर्थिक वर्षमा विभिन्न स्थानमा निजी क्षेत्रको ५०० वटा चार्जिङ […]
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्नुहुँदै कोरोना उपचारका लागि चाहिने पूर्वाधारका लागि आवश्यक बजेटको प्रबन्ध गरिएको जानकारी गराउनु भयो । अर्थमन्त्री पौडेलले सामुदायिक तथा निजी […]
काठमाडौं । सकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ब्याजदर अधिकतम ५ प्रतिशत कायम गरिने जानकारी गराउनु भयो । अर्थमन्त्री पौडेलका अनुसार यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध गराइनेछ ।
काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सो जानकारी गराउनु भएको हो । अर्थमन्त्री पौडेलले गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने बताउनु भयो । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी गराउनु भयो ।
काठमाडौं । सरकारले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८ ७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणु प्रसाद पौडेलले यस्तो घोषणा गर्नु भएको हो । यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि […]
काठमाडौं । सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्याएको छ । यसअघि ३ हजार रुपैयाँ मासिक भत्ता रहेको छ । सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ७३ अर्ब ८१ करोड रुपैयाँ बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब रुपैयाँ […]
काठमाडौँ । सरकारले बजेटमा नागरिक जीवन रअर्थतन्त्र रुपान्तरण गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी गराउनुभयो । यसका लागि विकास गतिविधी अघि बढाउने, निःशुल्क खोपको व्यवस्था, राहात तथा पुनरुत्थान, जागिर गुमाएकालाई रोजगारी र तिब्र औद्योगिकीकरण गर्ने लक्ष्य रहेको छ । निःशुल्क […]