एनआरएन फण्ड केहि वर्षभित्रै ५० औं अर्वको पुर्‍याउछौं : कुमार पन्त (भिडियोसहित )

काठमाडौँ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले १० अर्वको फण्ड केहि वर्षभित्र ५० औं अर्व पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । अर्थ मन्त्रालय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको एनआरएन डेभलपमेन्ट फन्डको पत्रकार सम्मेलनमा अध्यक्ष पन्तले हालै सुरु गरीएको १० अर्वको एनआरएन फण्डमा लगानीका लागि विदेशमा रहेका नेपालीहरु निकै उत्साहित […]

ढुक्क भएर नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह (भिडियोसहित )

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा लगानीको लागि अनुकुल वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । अर्थ मन्त्रालय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको एनआरएन डेभलपमेन्ट फण्डको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले नेपालमा लगानीको वातावरण भएको भन्दै पूँजीसँगै  विदेशको सीप र प्रविधि भित्राउन जोड दिनु भएको हो […]

‘एनआरएन डेभलपमेन्ट फण्ड’ को सञ्चालकमा को -को चुनीए ?

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) मार्फत १० अर्बको लगानी भित्र्याउने उद्देश्यले स्थापित कम्पनीले सञ्चालक समिति चयन गरेको छ। ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’का नामले स्थापित कम्पनीले संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको हो। कम्पनीको खातामा करिब तीन अर्ब रुपैयाँ दाखिला भइसकेको छ। अन्य संस्थापकहरूबाट रकम आउने क्रम जारी छ। […]

एनआरएनएको आर्थिक स्थितिमा व्यापक सुधार, के-के भए नयाँ काम ? (भिडियो रिर्पोटसहित)

काठमाडौ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठ संस्थामा आर्थिक पारदर्शीता र अनुशासन कायम गर्न सफल हुँदै जानु भएको छ । संस्थाको आर्थिक स्थिति निकै नाजुक रहेको अवस्थामा कोषाध्यक्ष पदमा निर्वाचीत भएर आउनुभएको श्रेष्ठले कोभिड- १९ का बाबजुत पनि संस्थाको भद्रगोल संरचनालाई परिर्वतन गर्दै मजबुत संरचनाको निर्माण गर्न सफल हुनुभएको हो । आर्थिक नियमावली […]

माथिल्लो तामाकोशी आयाेजना : काम अन्तिम चरणमा, वैशाख मसान्तसम्म विद्युत् उत्पादन शुरु हुने

काठमाडौँ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोना र केही प्राविधिक जटिलताका कारण आयोजनाको काममा ढिलाइ […]

अन्तत: दर्ता भयो १० अर्बको ‘एनआरएन डेभलपमेन्ट फन्ड’, चाँडै शेयर निष्काशन हुने (भिडियो रिपोर्टसहित )

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको नेतृत्वमा ‘एनआरएन डेभलपमेन्ट फन्ड’ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ । लामो समयको अथक प्रयासपछि एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो । कम्पनी दर्ता भएसँगै अब संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन […]

सिटी एक्सप्रेसद्वारा गायक र संगीतकारलाई सम्मान

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानले गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरेको छ । ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ २०७७ को गायनतर्फ वरिष्ठ गायक बस्नेत र संगीततर्फ वरिष्ठ संगीतकार गुरुङलाई जनही पुरस्कार ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको सिटी एक्सप्रसले जानकारी दिएको छ । भक्तराज आचार्य संगीत […]