इजरायली कृषि प्रविधि सातै प्रदेशमा

लमजुङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्राउन लागेको जानकारी दिनुभएको छ । नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्राउने सन्दर्भमा बिहिवार (आज) इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले सातै प्रदेशमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्राउन लागेको जानकारी दिनुभयो । […]

एनआरएनएलाई न्यूजील्याण्ड सरकारको थप २० हजार डलर सहयोग, हालसम्म ८० हजार डलर सहयोग

न्यूजील्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्याण्डलाई यहाँको सरकारले कोभिड -१९ प्रभावीत नेपालीको लागि थप २० हजार लडर सहयोग गरेको छ । यहाँको सरकारले कोभिड-१९ प्रभावीत नेपालीहरुको लागि एनसिसी न्यूजील्याण्डमार्फत यसअघि पहिलो चरणमा ५० हजार डलर सहयोग गरेको थियो । एनसिसी न्यूजील्याण्डले पहिलो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि दोस्रो पटक थप सहयोग पाउन सफल […]

समृद्ध जीवन बनाउनका निम्ती अब हरेक क्षेत्रमा गरेर खाने सोचको विकास आवश्यक : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गर्नुभएको छ । आज (शुक्रबार) कलंकीस्थित उक्त कृषिबजारमा आयोजीत औपचारिक कार्यक्रममा मन्त्री अर्यालले उक्त बजारको उद्घाटन गर्नुभएको हो । सहिद दिवसको अवसरमा आयोजीत उक्त कार्यक्रममा मन्त्री अर्यालले जहानीय राणा शासनकालमा जनताको पक्षमा लड्नेक्रममा ज्यानको आहुती दिने सहिदको तस्विरमा माल्यार्पण गर्नुभएको […]

सेवाग्राही सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई मन्त्री गुरुङको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सेवाग्राही सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न इन्टरनेट सेवा प्रदायक संघ, संस्थाहरुलाई निर्देशन दिनु भएको छ । इन्टरनेट सेवाका सम्बन्धमा चर्को गुनासो आईरहेका बेला मन्त्री गुरुङले सेवाग्राहीलाई सन्तुुष्ट हुने गरी सेवा प्रवाह गर्न सेवा पदायक संघ, संस्थाहरुलाई सचेत गराउनु भएको हो । उहाँले इन्टरनेट सेवा प्रदायक संस्थाहरुले […]

व्यापार घाटालाई सन्तुलनमा ल्याउने कार्यमा भूमिका खेल्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीको लागू गर्ने कार्य अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माण तर्फको एउटा खुड्किलो भएको बताउनुभयो । आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्ती अर्यालले व्यापारघाटालाई समेत सन्तुलनमा ल्याउन सहजीकरणको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसले भन्सारबाट जाँचपास कार्य […]

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझदारी भएको छ । आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रबीच नेपाल […]

मुलुकको समृद्धि नै गैर आवासीय नेपालीको सपना: भवन भट्ट

काठमाडौं । गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले मुलुकको समृद्धि नै गैर आवासीय नेपालीको सपना भएको बताउनुभएको छ । गैर आवासीय नेपाली संघको विशेष महाधिवेशनमा सम्बोधन गर्नुहुँदै निवर्तमान अध्यक्ष भट्टले मुलुकको समृद्धि नै गैर आवासीय नेपालीको सपना भएकाले नेपालमा लगानीको लागि जोड दिनुभयो । गैर आवासीय नेपालीहरुले लगानीस्ँगै वदेशमा सिकेको ज्ञान, सिप र […]