सुनको भाउ प्रतितोला ७०० घट्यो

काठमाडौ –सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको हो । सोमबार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमरको कारोबारका लागि छापावाल सुनको भाउ ९० हजार र तेजाबी सुनको […]

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्नुभएको हो । विजयी ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्नुभयो भने प्रधानले ३७५ मत पाउनुभयो । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ […]

हङकङ फ्लाइटमा कोरोना संक्रमित भेटिएपछि एनआरएनले गरायो सरकारको ध्यानर्कषण, कोरोना जाँचको विश्वसनीयता माथि प्रश्न

हङकङ – नेपाल वायुसेवा निगमको बिगत दुई वटा फ्लाइटमा कोरोना संक्रमितहरुको संख्या अधिक भेटिएपछि कोरोना जाँचको विश्वसनीयता माथि प्रश्न उठाउँदै नेपाल सरकारको ध्यानआकर्षण गराइएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले नेपाली महाबाणिज्यदुताबासको कार्यालयका कार्यवाहक महाबाणिज्यदूत किरण गुरुङसमक्ष नेपाल सरकारको ध्यानर्कषण गराएको हो । संघकी अध्यक्ष राधिका गुरुङ (टिका ) को नेतृत्वमा गएको […]

सूर्यविनायकको चित्तपोलमा साढे दुई करोडको लागतमा दुई सडकको शुभारम्भ

भक्तपुर – सूर्यविनायक नगरपालिकाको वडा नं १० स्थित चित्तपोलमा साढे दुई करोडको लागतमा दुई सडकको शुभारम्भ गरिएको छ । सूर्यविनायक नगर प्रमुख बासुदेव थापाले दुई सडकको शिलान्यास गर्दै निर्माण कार्य शूरु गर्नुभएको हो । १ करोड ५० लाख लागतमा सूर्यविनायक नगरपालिका १० चित्तपोलको नेपाल प्रहरी विद्यालयबाट महाँकालेश्वर संगम मार्ग जाने सडक र १ करोड लागतमा […]

मताङ्गी दम्पत्तीको रहरलाग्दो पुष्पखेती, तिहार नजिकिएसँगै माला उन्‍न भ्याईनभ्याई

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा राधा मताङ्गी दम्पत्तीले १० रोपनी क्षेत्रफलमा पुष्पखेती गर्दै आउनुभएको छ । विशेष गरि तिहारलाई लक्षित गर्दै लगाइएको पुष्पखेती यतिखेर रहरलाग्दो देख्न सकिन्छ । पुष्पखेती मात्र नभई अन्य विभिन्न तरकारी खेती समेत गर्दै आउनुभएको मताङ्गी दम्पत्तीलाई अहिले फूललाई बजारसम्म पुर्याउन म्याईनभ्याई छ । फार्ममा ढकमक्क फुलेका सयपत्री फूलको माला उन्न […]

आउन थाले पर्यटक, अक्टोबरमा एक हजार ८७४ पर्यटक भित्रीए

काठमाडौँ। कोभिड–१९ सङ्क्रमणका कारण विदेशी पर्यटकका लागिसमेत नेपाल प्रवेशमा गरिएको बन्देज खुला भएपछि सानो सङ्ख्यामा भए पनि पर्यटक नेपाल भित्रिन थालेका छन् । कात्तिक १ देखि विदेशी पर्यटकलाई पनि खुला भएपछि पर्यटक आउने क्रम बढ्न थालेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ । बोर्डका अनुसार पर्यटक खुला भएको महिना अक्टोबर (कात्तिक)मा मात्रै एक हजार ८७४ […]

कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र दिन सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कागजात पुरा भएर दाबी परेकालाई नरोक्न निर्देशन दिइएको जानकारी दिनुभयो । कोरोना संक्रमणमुक्त भएको लामो समयसम्म पनि धेरैले बीमा दावी भुक्तानी नपाएको ब्यापक गुनासो आएपछि समितिले ७ दिनभित्र भुक्तानी गर्न निर्देशन दिइएको हो […]