काठमाडौं : वायु सेवा सञ्चालक संघले पूर्ण क्षमतामा यात्रु राखेर सेवा दिन नपाएसम्म उडान नगर्ने भएको छ । निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले आधा यात्रु मात्र राखेर उडान गर्न नसक्ने अडान राखेको हो । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका उनीहरूले बुधबार संस्कृति, पर्यटन तथा नागरिक […]
हेटौंडा – कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र स्वास्थ्य ब्यबस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ । प्रदेशको बागमती बिपद ब्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सहयोग कोषबाट सो रकम उपलब्ध गराउने […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका -२ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो । उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ […]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४९ स्थानीय तहमा ५ शैप्याको अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले अस्पताल नभएका ६४९ स्थानीय तहमा एकै पटक अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको हो । मन्त्रालयले कम्तीमा एक चिकित्सकसहित पाँच शैप्याको अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर […]
काठमाडौं -राष्ट्र बैंकले थप शाखा खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सीमित संख्यामा खुलेका शाखामा सेवाग्राहीको भीड देखिएको भन्दै राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ५० जना कर्मचारी राखेर आवश्यकता अनुसार थप शाखा खोल्न भनेको हो । राष्ट्र बैंककै निर्देशन अनुरुप हाल वाणिज्य बैंकले काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा एउटा […]
पिसिआर परीक्षणमा हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको एक जना पोजिटिभ पत्ता लगाउन १ लाख ४ हजार खर्च हुने गरेको जनाएको छ। मन्त्रालयले हालसम्म पिसिआर परीक्षणको लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च भइसकेको जनाएको हो । मन्त्रालयको नियमित कोरोना […]
काठमाण्डौ – सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ । आज तोलाको एक लाख ४ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ […]