काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले सरकारले दैनिक रुपमा अधिकतम् ५ सय जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने निर्णयप्रति आपत्ति जनाएको छ । एनआरएनएले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई हुने भन्दै सरकारको गम्भिर ध्यानर्कषण गराएको हो । […]
काठमाडौं – पछिल्लो समय उकालो लागिरहेको सुनको भाउ आज एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ९५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । कोरोना कहर शुरु भएसँगै सुनको भाउ दैनिक बढेर गत २३ गते अहिलेसम्मकै उच्च तोलाको १ लाख ३ हजार ५ […]
काठमाडौं – सार्वजनिक यातायात र हवाई उडान भदौ १५ गतेसम्म पुनः रोक लगाइएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको हवाई उडान र सार्वजनीक यातायात पुन: भदौ १५ गतेसम्म रोक लगाइएको हो । त्यस्तै, कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले […]
काठमाडौं – भदौ १ गतेदेखि हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सहरुले दैनिक ४८ उडान गर्ने भएका छन् । लकडाउनको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडानलाई स्वीकृति दिएको जनाइएको छ । प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल ट्रङ्क रुटमा ३९ वटा उडान र दुर्गममा हुने उडान स्टलका लागि […]
काठमाण्डौ – सुनको भाउ वृद्धि हुने क्रम जारी छ । आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ महँगो भएको थियो । सुन हिजो तोलाको १ […]
काठमाण्डौ – आज सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ । […]
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख नजिक पुगेको छ । तोलामा २ सय रुपैया बढेर आज सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस एक हजार ९ सय ७५ डलर पुगेको छ । कोरोना भाइरस संक्रमणको […]