काठमाण्डौ : सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एकैदिन तोलामा ९ सय रुपैयाँ बढेर अहिलेसम्मकै धेरै तोलाको ९२ हजार ४ सय रुपैयाँ पुगेको हो । सुन हिजो तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँ तोकिएको थियो । यसअघि गएको असार १७ गते सुन […]
पोखरा : ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी संकटमा परेका छन् । लामो समयदेखि जारी लकडाउन हुँदा अहिले यातायात ब्यवसायी अत्यन्तै संकटपूर्ण अवस्थामा पुगेका हुन । तर सरकारले यस्तो संकटमा पनि कुनै सम्बोधन नगरेको ब्यवसायीले गुनासो गरेका छन् । अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत बैँक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि बारम्बार ताकेता हुन थालेको […]
काठमाडौं : प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले नेपाल आएको सलह किरा निष्क्रिय भएको दावी गरेको छ । केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंले गएको तीन दिनदेखि सलहको झुण्ड कतै नदेखिएको, मरेका सलह भेटिएको र निरन्तर पानी परिरहेकोले नेपाल आएका सलह अब सक्रिय हुने सम्भावना सकिएको बताउनुभयो । सलह किरा १६ डिग्री सेल्सियसभन्दा तलको तापक्रममा नबाँच्ने, […]
काठमाडौं : सनराइज बैंक लिमिटेड र अष्ट्रेलिया स्थित ह्वाई एभरेष्ट प्रालिद्धवारा संचालित रोयल रेमिटमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा […]
काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यथास्थितिमा सार्वजनिक यातायातका साधन चलाउन नसक्ने अवस्था रहेको बताउनुभएको छ । सरकारसँग वैशाखदेखि नै आफूहरूकै बैङ्कको किस्ता र मजदुरहरूलाई बाँच्नसक्ने अवस्था सिर्जना गराउन माग गरिरहे पनि सरकारी संयन्त्रबाट आफूहरूलाई जवाफ नै नआएको कर्माचार्यले बताउनुभयो । ‘व्यवसायीले अहिलेको अवस्थामा चालकलाई पिपिइ, यात्रुहरूलाई मास्क, सवारी साधनहरूको डिस्इन्फेक्सन […]
काठमाडौँ : कोभिड– १९ सङ्क्रमण रोकथामका लागि जारी लकडाउनका कारण नेपालको पर्यटन क्षेत्रमा अहिलेसम्म ३४ अर्ब रुपियाँ बराबरको नोक्सान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार लकडाउनका समयमा सम्पादन गरेका कामको सार्वजनिक कार्यक्रममा चैत ११ गतेदेखि अहिलेसम्म सो बराबरको नोक्सान भएको हो । यो नोक्सानी साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब […]
काठमाण्डौ : ठमेलका व्यवसायीलाई एक वर्षसम्म घरभाडामा ५० प्रतिशत छुट दिइने भएको छ । ठमेलका व्यवसायी र घरधनीबीच ६ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी बनेको हो । ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको पर्यटन क्षेत्रका २२ संस्थाले आज ठमेलमा संयुक्त पत्रकार सम्मेलन गदैै […]