देशभर १३० औद्योगिक ग्राम निर्माणमा दुई अर्ब ६४ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले देशभर एक सय ३० औद्योगिक ग्राम बनाउनका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ। बजेटमा निर्माणाधीन विशेष आर्थिक क्षेत्रहरूको निर्माणलाई निरन्तरता दिइने बताइएको छ। नवलपरासीको धौवादी फलाम खानीबाट उत्पादन थाल्न पहुँचमार्ग बनाइसक्ने पनि जनाइएको छ । त्यस्तै, बैतडी र बझाङमा फस्पोराइड र उदयपुरमा म्याग्नेसाईट उत्पादनको अध्ययन गर्न पनि बजेट विनियोजन गरिएको […]

मेलम्ची खानेपानीको लागि ५ अर्बको बजेट विनियोजन, पानी आगामी वर्षदेखि पिउन पाउने

काठमाडौं : मेलम्चीको पानी काठमाडौंबासीले आगामी आर्थिक वर्षदेखि पिउन पाउने भएका छन् । अर्थमन्त्री ड. युवराज खतिवडाले सरकारले मेलम्ची खानेपानी आयोजनाको आवश्यक पूर्वाधार निर्माण कार्य चालु आवभित्र सम्पन्न गरी आगामी आवको शुरुदेखि नै काठमाडौं उपत्यकमा खानेपानी वितरण गरिने बताउनुभयो । बिहीबार मन्त्री खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्दै सो आयोजनाको दोस्रो चरण निर्माण […]

१३०० मेगावाट बिजुली थपिने, ऊर्जा क्षेत्रमा ३६ अर्ब १ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले आगामी वर्ष १ हजार ३०० मेगावाट बिजुली थप गर्ने लक्ष्य लिएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युतलगायत निजी क्षेत्रका आयोजना सम्पन्न गरेर बिजुली थप गर्ने लक्ष्य सरकारले लिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै […]

कोरोना प्रभावित व्यवसायका श्रमिकलाई तलब खुवाउन ५० अर्बको कोष स्थापना

काठमाडौं: सरकारले कोरोना प्रभावित व्यवसायका श्रमिकलाई तलब खुवाउनका लागि ५० अर्ब रुपैयाँको कोष स्थापना गर्ने भएको छ । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकका लागि यस्तो व्यवस्था गरेको जानकारी गराउनु भएको हो । यसका लागि सरकारले ५ प्रतिशत […]

कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराइने

काठमाडौं : सरकारले कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋणको ब्यवस्था मिलाएको जानकारी दिनुभयो । व्यवसायीहरुलाई राष्ट्र बैंकले १ खर्ब रुपैयाँको पुनकर्जामार्फत् सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको अर्थमन्त्रीले जानकारी दिनुभयो। […]

कोरोना महामारी न्युनीकरण गर्न ६ अर्ब बजेट बिनियोजन

काठमाडौं : कोरोना महामारी न्युनीकरण गर्न सरकारले ६ अर्ब बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०७७/०७७ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस महामारी न्यूनीकरण गर्न गुणस्तरीय स्वास्थ्यका उल्लेख्य बजेट गरेको अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभयो । त्यस्तै, स्वास्थ्य विकास पूर्वाधारका लागि १२ अर्ब बजेट छुट्याएको बताउनुभयो ।

हङकङबाट केएमई फाइनान्ससँगै केएमई रेमिट्यान्स सेवा पनि शुरु

हङकङ : केएमई फाइनान्सले रेमिट्यान्स सेवा पनि शुरु गरेको छ ।  हङकङका महावाणिज्यदूत कमलप्रसाद भट्टराईले केएमई कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच रेमिट्यान्स कारोबार सुरु गरिएको हो । कन्सुल जनरल भट्टराईले हङकङमा आर्जन गरेको रकम नेपाल भित्राउन र आवश्यक परेको बेला नेपालको रकम हङकङ ल्याउन वैधानिक माध्यम केएमई बन्ने विश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा केएमईका निर्देशक […]