काठमाडौं : विश्वभरका एक सय ७० भन्दा बढी देशमा महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरसको त्रासले नेपालका तारे होटल धमाधम बन्द हुन थालेका छन्। गत मार्च १० बाट प्रभावित आठ देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी आगमनमा गरेको थप कडाइले होटल सुनसान बन्दै आएका थिए। युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत […]
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विश्वव्यापी महामारी कोरोनाभाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण काम थाल्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ । मन्त्री भट्टराईले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले गरेका निर्णयहरु तत्काल कार्यान्वयन निर्देशन दिनु भएको हो […]
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासको लाइनमा नबस्न उपभोक्तलाई आग्रह गर्नुभएको छ । उ हाँले विद्युतीय चुल्हो र अन्य उपकरणमार्फत खाना पकाउन पनि आग्रह गर्दै अहिलेको अवस्थामा ग्यास आयात ठप्प नै भएपनि प्राधिकरणले नियमित बिजुली दिन सक्षम रहेको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, ‘अहिले ग्यासको लाइनमा बस्नु भन्दा इन्डक्सन चुल्हो […]
काठमाडौं : कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य नौ प्रतिशत मात्र घटाएको छ । नेपालमा आयात हुने पेट्रोलियममध्ये ६० प्रतिशत डिजेल हुन्छ, जो सार्वजनिक यातायात र उत्पादनमूलक उद्योगमा खपत हुन्छ । पछिल्लो […]
काठमाडौं : कोरोना भाइरस संक्रमणले अर्थव्यवस्था संकटोन्मुख भएको भन्दै व्यवसायीले आर्थिक संकटकाल घोषणा गर्न माग गरेका छन्। अर्थ मन्त्रालयले कोरोनो प्रभाव अध्ययन गर्न आइतबार निजी क्षेत्रका व्यवसायीसँग गरेको छलफलमा उनीहरूले भने, ‘अर्थतन्त्र जोगाउने सबै उपाय अपनाउनुपर्यो।’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खाद्यान्न तथा अत्यावश्यक वस्तुको आयात र भण्डारण बढाउन, प्रभावित व्यवसायलाई पुनरुत्थान […]
काठमाडौं : सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले उडान कटौती गरेको छ । एयरलाइन्सले एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) का कारण यात्रु संख्यामा कमी आएको भन्दै उडान कटौती गर्ने निर्णय गरेको हो। जसअनुसार दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं- दिल्ली-काठमाडौं उडान मार्च १५ देखि लागू हुने गरी एउटामात्र गर्ने भएको छ । […]
काठमाडौँ : नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य शुक्रबार भने ३ हजारले घटेर ७८ हजार ५ सयमा कारोबार भइरहेको हो । बिहीबार भने छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । । त्यस्तै तेजाबी सुन प्रतितोला ७८ हजार २ सय रुपैयाँमा […]