सहकारीको ब्याजदर अध्ययनका लागि समिति, १६ प्रतिशत भन्दा बढि ब्याज लिन नपाउने

काठमाडौं: सन्दर्भ ब्याजदर लागू गर्न नसकेको भन्दै आलोचित भएको सहकारी विभागले ब्याजदरको अध्ययनका लागि विज्ञ समिति बनाउन लागेको छ । सहकारीमा लागू भएको सन्दर्भ ब्याजदर पूनरावलोकन गर्नका लागि सुझाव लिन समिति बनाउन लागिएको हो । यसअघि तोकिएको सन्दर्भ ब्याजदरबारे विवाद बुधबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ […]

कोरोना क्रास : अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

काठमाडौं : कोरोना (कोभिड–१९) भाइरसको क्रासको कारण पर्यटन क्षेत्र नराम्ररी प्रभावीत भएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई स्थगीत गर्दै नेपाल प्रवेशमा कडाई गरेपछि पर्यटन क्षेत्र नराम्ररी प्रभावीत बनेको हो । जसको कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । […]

जोखिममा रेमिट्यान्स, कच्चा तेल खाडी युद्धयताकै सस्तो

काठमाडौं : पश्चिम एसियाका मुलुकहरू यतिबेला पेट्रोलियम पदार्थको मूल्यमा तीव्र गिरावटको चुनौती सामना गरिरहेका छन्। नेपाली कामदारको प्रमुख गन्तव्य ती राष्ट्रहरूले तेलको मूल्यमा लगातार गिरावट आएमा नेपालीलाई प्रत्यक्ष असर पर्नेछ। किनकि वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली कामदार तिनै मुलुकमा छन्। कच्चा तेलको भाउ सोमबार २०४७ मा भएको खाडी युद्धयताकै अवस्थामा खस्किएको छ। रूस र साउदी […]

कोरोनाले नेपाली अर्थतन्त्रमा चार अर्बसम्म क्षति हुन सक्ने एडिबीको प्रक्षेपण

काठमाडौं :  चीनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९० का कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैयाँसम्म क्षति हुन सक्ने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी)ले गरेको छ । आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा असरलगायतका कारण विश्वका अन्य मुलुकसँगै नेपाल पनि प्रभावित हुने एडिबीको अध्ययनले देखाएको हो । कारोनाको असर कस्तो हुन्छ […]

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार

काठमाडौं:  सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बुधबार प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ८० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन एक्कासी २ हजार २ सय रुपैयाँ बढेर ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, […]

पदभार सम्हाल्दै अर्थमन्त्री खतिवडाले भने- निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्छु

काठमाडौँ : मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गर्नुभएको छ । खतिवडाले अर्थसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी पाउनुभएको छ । बिदा भएको ठीक २४ घण्टापछि खतिवडा पुनः अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा सिंहदरबार प्रवेश  गर्नुभएको हो । अपराह्न […]

अर्थमन्त्रीमा युवराज खतिवडा नियुक्त, ४ बजे सपथग्रहण

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् ।  मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् ।