ग्लोबल आइएमई अब सबैभन्दा ठूलो वाणिज्य बैंक

काठमाडौं : स्थापनाको डेढ दशक नपुग्दै मुलुकका पुराना वाणिज्य बैंकहरूलाई पछि पारेर ग्लोबल आइएमई बैंक मुलुककै ठूलो बैंक बनेको छ । जनता बैंकसँग मर्जर सफलतापूर्वक सम्पन्न भएपछि शुक्रबार ९आज०बाट संयुक्त कारोबार गर्दै रहेको ग्लोबल आइएमई २० अर्ब रूपैयाँ चुक्ता पुँजी पु(याउने पहिलो बैंक हो । राष्ट्र बैंकले बिग मर्जरको चर्चा अघि बढाइरहँदा गम्भीरतापूर्वक मर्जरलाई अघि […]

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ को पुरस्कार वितरण

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो साताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरूलाई जनही २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक साता २ लाख रुपैयाँ […]

बैंकर्स एशोसियशनको अध्यक्षमा भुवन दाहाल निर्विरोध

काठमाडौं : नेपाल बैंकर्स एशोसियशनको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल निर्विरोध निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमितिका लागि एक मात्र उम्मेदवारी परेपछि  दाहाल निविर्धिरोध भएका हुन् । आगामी जनवरीमा हालका अध्यक्ष ज्ञानेन्द्र ढुङगानाको कार्यकाल सकिने भएपनि संघले नयाँ कार्यसमितिका लागि बिहीबार नयाँ कार्यसमिति चयन गर्ने साधारणसभाको कार्यक्रम राखेको छ । दाहाल […]

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितको मुआब्जा तोकियो

काठमाडौं: १२ सय मेगावाटको जलाशययुक्त राष्ट्रिय गौरवको आयोजना डुबानमा पर्ने आरुघाट र खहरे बजारक्षेत्रको मुआब्जा तोकिएको छ । आयोजनाको डुबानमा पर्ने आरुघाट(विशालनग) बजार क्षेत्रलाई नौ किसिम र खहरे बजार क्षेत्रलाई सात किसिममा वर्गिाकरण गरी मुआब्जा तोकिएको छ । विशालनगर मुख्य बजार क्षेत्रको प्रतिआना सात लाख र खहरे मुख्य मबजार क्षेत्रको प्रतिआना एक लाख २० हजार […]

क्वालिटीको इनर्जी डिङ्क्स र जुस बजारमा

विराटनगर : करिब तीन दशकदेखि तयारी खाद्य वस्तुको उत्पादन गर्दै आएको काबराजी ग्रुपको क्वालिटी थाई फुड्स प्रालिले पछिल्लो समय नेपालमै पहिलोपटक इनर्जी ड्रिङक्सको उत्पादन सुरु गरेको छ । अत्याधुनिक स्वचालित प्रविधिबाट आफ्नो नयाँ उत्पादन ‘वाओ’ ब्राण्डको इनर्जी ड्रिङक्स र ‘टोटल’ ब्रान्डको फलफूलको जुस बजारमा ल्याएको हो । क्वालिटी थाई फुड्सले अत्याधुनिक कोरियन प्रविधिको पूर्ण स्वचालित […]

विकास निर्माणमा सबै मन्त्रालय असफल

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो चार महिनासम्म बजेट खर्च गर्न सबैजसो मन्त्रालय असफल भएका छन् । सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा सबै मन्त्रालयले लक्ष्यभन्दा कम खर्च गरेका छन् । मूलतः विकास निर्माणसँग सम्बन्धित मन्त्रालयको खर्च निराशाजनक हुँदा सरकारको प्रतिबद्धता कागजमै सीमित भएको छ भने जनअपेक्षा पनि पूरा हुन सकेको छैन । […]

सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच सहकार्य

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पार्क हेल्थ होम हस्पिटल प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहक महानुभावहरूले स्पार्क हेल्थ होम हस्पिटल प्रालिमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउने भन्दै बैंकले यो […]