कस्तो रह्यो एनआरएनए अध्यक्ष भवन भट्टको दुई वर्षे कार्यकाल ? के-के भए नयाँ काम ?

काठमाडौं : गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलन आजबाट काठमाडौंमा शुरु भएको छ । हरेक दुई वर्षमा एक पटक आयोजना गरिने विश्व सम्मेलनले नेतृत्व समेत चयन गर्नेछ ।  गत २०१७ को आठौं विश्व सम्मेलनबाट अध्यक्षमा निर्वाचीत हुनुभएको एनआरएनए अध्यक्ष भवन भट्टले  एनआरएनएको नेतृत्व हस्तान्तरण गर्दैहुनुहुन्छ । पुनः उम्मेदवारी नदिने घोषणा गरिसक्नु भएको भट्टको दुई वर्षे […]

ग्लोबल आईएमई र नेपाल खुला विश्वविद्यालयबीच सम्झौता

काठमाडौं : ग्लोबल आईएमई बैंक र नेपाल खुला विश्वविद्यालयबीच शुल्क संकलनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा विश्वविद्यालयको तर्फबाट सचिव कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार ग्लोबल आईएमई बैंकमा खाता खोलिसकेपछि नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरूले बैंकको मोबाइल एप्लिकेसन तथा अनलाइन बैंकिङमार्फत शुल्क तिर्न सक्ने भन्दै बैंकले […]

एनआईसी एसिया क्यापिटल एक्सप्रेस डिम्याटसेवा

काठमाडौं: एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको अवसरमा सेवाग्राहीहरूको घर(कार्यालयमै गई डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको जनाएको छ । एनआईसी एसिया क्यापिटलले वैशाख १ गतेदेखि सुरु गरेको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी बनाई अहिलेको व्यस्त समयमा सेवाग्राहीहरूलाई घर दैलोमा नै पुगी डिम्याट सेवा उपलब्ध गराई व्यक्तिको सवल आर्थिक भविष्यका […]

मलेसियामा १ लाखलाई रोजगारी

गोपाल संग्रौला /काठमाडौं मलेसिया रोजगारी खुलेसँगै करिब १ लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको छ । सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएरप्रतिक्षामा रहेकाको संख्या १ लाखभन्दा बढी रहेको पाइएको हो । मलेसियाको रोजगारी लामो समयसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमशः बढ्दै गएर १ […]

काठमाडौंमा ब्रुमर सञ्चालनको ५ महीना पूराः सडकको अवस्था अझै उस्तै

शर्मिला पाठक /काठमाडौँ काठमाडौँ महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन। सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो। नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। कामपाले ब्रुमर सञ्चालन गरेको पाँच महीना भयो, महानगरको सडकमा […]

ऐन नआउँदा बजार अनुगमन प्रभावित

काठमाडौं: दशै, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् । तर, उपभोक्ता संरक्षण ऐन कार्यान्वयमा आएको एक वर्ष बित्न लाग्दा समेत नियामावली नआउँदा बजार अनुगमन प्रभावकारी हुन सकेको छैन । सरकारले उपभोक्ता संरक्षण ऐन कार्यान्वयमा आएको झण्डै एक वर्ष बित्न लाग्दा […]

दसैंमा देशभर ‘रुट पर्मिट’ खुला: ठूला मालवाहकलाई नारायणगढमा रोक

काठमाडौं: सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको रुट निलम्बन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात […]