काठमाडौं : आगामी दसैंमा उपत्यकामा मात्र ६० हजार संख्यामा खसीबोका र च्याङ्ग्राको खपत हुने अनुमान गरिएको छ । दसैंमा सबैले अत्यधिक रूपमा मासुको उपभोग गर्ने हुँदा खसीबोकाको खपत धेरै हुने गर्छ । व्यवसायीका अनुसार ५० हजार संख्यामा खसीबोका र १० हजार संख्यामा च्याङ्ग्रा खपत हुने अनुमान गरिएको छ । दसैंलाई लक्षित गरेर अहिलेदेखि नै खसीबोका भित्रिन […]
काठमाडौं : अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहनुहुने नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७००० भन्दा बढी एजेन्ट्हरु बाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम […]
काठमाडौं : दसैंमा राजधानीबाट बाहिरिने यात्रुको लागि यातायातको टिकट असोज ५ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बिहीबार बसेको बैठकले असोज ५ देखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले दसैंंमा यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको […]
काठमाडौ : एशियाली विकास बैंक (एडिबि) ले हिमालयन बैंक लिमिटेडलाई ट्रेड फाईनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरेबापत टिएफएन अवार्ड २०१९ लिडिंग पार्टनर बैक इन नेपाल प्रदान गरेको छ । एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको भन्दै बैकले गत मंगलबार सिंगापुरमा […]
बेनी : आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् । सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो । पहिराले सडकको करीब १० मिटर आधार नै भत्काएकाले […]
काठमाडौं : समृद्धिको आधारका रुपमा रहेको पूर्वाधार विकासमा जोड दिने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल पूर्वाधार सम्मेलन, २०१९’मा कुल १०३ परियोजनाको ‘शोकेस’ गरिने भएको छ । सम्मेलनको समग्र तयारीबारे जानकारी दिन नेपाल उद्योग परिसङ्घद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा प्रदेशस्तरका ८२ र लगानी बोर्डका तर्फबाट विभिन्न २१ परियोजना शोकेस गरिने जानकारी दिइयो । भौतिक पूर्वाधार […]
अशोक धिमिरे/ काठमाडौं बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइप लाइन परियोजनाको मङ्गलबार अपराह्न १२ः१५ मा उद्घाटन गरिँदैछ । भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो […]