दैलेख : स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयमा ५० वटा मात्र मिटर भएकाले थप मिटरका लागि क्षेत्रीय कार्यालयमा माग गरिएको निमित्त कार्यालय प्रमुख पूर्ण […]
काठमाडौँ : नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे रासससँगको सङ्क्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श […]
काठमाडौं : प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर निर्धारणसम्बन्धी सर्वोच्च अदालतबाट भएको निर्णयको फैसला अध्ययनका सम्बन्धमा वरिष्ठ संविधानविद्सँग परामर्श गर्ने भएको छ । समितिको आजको बैठकमा सदस्य सञ्जयकुमार गौतमले ऐनसेलको विषयमा अघिल्लो बैठकमा उठाएका विषयमा के प्रगति भयो भनी ध्यानाकर्षण गराएपछि सभापति कृष्णभक्त पोखरेलले विज्ञको राय लिनुपर्ने देखिन्छ भन्नुभयो । सभापति पोखरेलले […]
काठमाडौं: लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य […]
काठमाडौं : अब एटिएमबाट प्रतिदिन ६० हजारभन्दा बढी नगद झिक्न नपाइने भएको छ । चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि […]
काठमाडौं : लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ४०० कायम भएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु […]
काठमाडौं: दोलखाका ३ सहकारीसहित नेपालका २४ सहकारीले अन्तर्राष्ट्रिय ब्राण्ड प्राप्त गरेका छन् । नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुन र एसियाली ऋण महासंघको प्राविधिक सहयोगमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुको एसियास्तरको गुणस्तर मापन कार्यक्रम अन्र्तगत यस वर्ष यि संस्थाले ब्राण्ड प्राप्त गरेका हुन् । ब्राण्ड प्राप्त गर्न सफल संस्थाहरु मध्ये ८ वटाले रजत […]