बेलायतवासी नेपाली प्रदेशमा लगानी गर्न इच्छुक : मुख्यमन्त्री गुरुङ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलायतमा बस्ने नेपाली प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ । आफ्नो १० दिने बेलायत भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएका मुख्यमन्त्री गुरुङले प्रदेशको पर्यटन र खेलकूदको क्षेत्रमा लगानी गर्न बेलायतवासी नेपाली इच्छुक भएको बताउनुभयो । गैरआवासीय नेपाली सङ्घ (एनआरए) बेलायत र व्यवसाय गरेर बसेका नेपालीसँगको छलफल एवं अन्तरक्रियामा […]

मेलम्ची खानेपानी आयोजना: भुक्तानी नपाएसम्म काम गर्न नदिने सङ्घर्ष समितिको चेतावनी

काठमाडौं : मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् । समिति बनाएर प्रतिवेदन दिइसकेको […]

सुनको मूल्य तोलाको ५०० ले बढ्यो

काठमाडौं : भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य […]

यात्रुको सङ्ख्या कम भएको भन्दै निगमको ओसाका उडान सातामा दुई दिनमात्रै

काठमाडौं : यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार र शनिबार मात्र […]

स्थानीय तहमा त्रिचालिस औद्योगिक ग्राम स्थापनाको तयारी

काठमाडौं : सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको छ । स्थानीय स्रोतसाधन, ज्ञान, सीप र प्रविधिको प्रयोगमार्फत लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी रोजगारी र उत्पादकत्व अभिवृद्धि गर्न सहायता पु¥याउने उद्देश्यले सरकारले ग्राम स्थापनाको तयारी गरेको हो […]

भूकम्पपछिको पुनःनिर्माणमा काठमाडौँ सबैभन्दा पछाडि

काठमाडौं : देशको राजधानी भएको जिल्ला काठमाडौँ भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गर्नुभयो । काठमाडौँका ११ नगरपालिकामध्ये पनि […]

टेलिकमको शेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी

रमेश लम्साल/ काठमाडौँ सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो । कम्पनीको शेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक शेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८.४८ प्रतिशत […]