माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने

काठमाडौं : माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ ।  आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ गते र […]

धितोपत्र बजार: दोहोरो अङ्कको गिरावट कायमै

काठमाडौँ : आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४५ बिन्दुले घटेर एक हजार १७०.३४ मा पुगेको छ । आज नेप्से १.२२ प्रतिशतले घट्यो । यस्तै सेन्सेटिभ परिसूचक २.९८ अर्थात १.१५ प्रतिशतले ओरालो लागी २५६.३१ विन्दुमा झरेको […]

करीब नौ खर्ब विप्रेषण भित्रियो, विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि

काठमाडौं : आर्थिक वर्ष २०७५÷०७६ मा झण्डै रु नौ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ‘देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति’मा विप्रेषण आप्रवाह रु आठ खर्ब ७९ अर्ब २७ करोड पुगेको उल्लेख छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४÷०७५ […]

आठ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री हुँदै

काठमाडौँ :  नेपाल राष्ट्र बैंकले रु आठ अर्ब ६५ करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो ।  बैंकले बिक्री गर्न लागेको उक्त टे«जरी बिलमध्ये रु तीन अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त […]

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन माग

काठमाडौं: दूध उत्पादक किसानले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालका अध्यक्ष आनन्द निउरेले प्रतिलिटर दूधको मूल्य रु १० बढाउन माग गर्नुभएको हो । उहाँले तीन वर्षदेखि दूधको मूल्य एउटै रहेकाले बढाउन माग गरिएको बताउनुभयो । “अहिलेकै मूल्यमा दूध बेच्दा हाम्रो लागत मूल्य नै […]

सोलु करिडोर प्रसारण लाइनः वन क्षेत्रको जग्गा प्रयोगका कारण समस्यामा

रमेश लम्साल /काठमाडौँ सोलुखुम्बु र आसपासका क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने रणनीतिक महत्वको सोलु करिडोर प्रसारण लाइनको निर्माण कार्य ७५ प्रतिशत पूरा भएको छ । वन क्षेत्रको जग्गा प्रयोग र स्थानीयवासीको अवरोधका कारण आयोजनाको प्रगति भने आशातित हुन सकेको छैन । कूल १३२ केभी क्षमताको डबल सर्किट उक्त प्रसारण लाइन निर्माणको काम आशातितरुपमा […]

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक ७ घन्टा बन्द

काठमाडौं: त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द गरिने भएको छ। आइतवार रातिबाट विमानस्थलको स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द गरिन लागिएको हो । विमानस्थलको दोस्रो चरणको काम सेप्टेम्बर १ (भदौ १५गते आइतवार) अर्थात आजबाट सुरु हुने भएसँगै विमानस्थलमा ७ घण्टा उडान अवतरण बन्द गरेर स्तरोन्नतिको काम […]