साताको शेयर : एक अर्ब ६१ करोडको कारोवार

काठमाडौं: धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्योे । यसै साता बजार ओरालो लागेर एघार सयको बिन्दुमा झरेको छ । बजारमा लगानीकर्ताको मनोविज्ञान नकारात्मकतातर्फ उन्मुख भएको भन्दै बजार ओरालो लागेको बताइँदै आएको छ । कारोवार रकम र नेप्सेको अवस्थाले […]

माथिल्लो तामाकोशी तेस्रो पूर्ण क्षमताको बनाउन सरकार प्रतिबद्ध छ – मन्त्री विष्ट

चरिकोट : सरकारले दोलखामा निर्माण हुने तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता घटाएर कम क्षमतामा उत्पादन गर्न लागेको भन्दै स्थानीयस्तरमा चर्को विरोध भइरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले क्षमताअनुसार नै निर्माण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति दोलखाको तेस्रो जिल्लासभामा भाग लिन दोलखा आउनुभएका मन्त्री विष्टले सरकारले […]

मुक्तिनाथमा बढ्दै लगानी

वासुदेव पौडेल÷निरज थकाली /मुक्तिनाथ (मुस्ताङ) झण्डै चार दशक अघि २०३८ सालमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दीकी उमादेवी भट्टराई मुक्तिनाथको दर्शनका क्रममा त्यहाँस्थित रानीपौवामा बस्नुभयो । “हामी दशैँको बेला पारी गएका थियौँ”, आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ठाउँ ठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो ।” उक्त समयमा तीर्थयात्री अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर […]

राजस्व छली गर्नेलाई सरकारले छाड्दैनः अर्थमन्त्री खतिवडा

काठमाडौँ : सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ । नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले जुनसकै वहाना बनाएर राजस्व छली गरेको भए पनि सरकारले कारबाही गरेरै छाड्ने बताउनुभयो । सरकारले व्यवसायी […]

सुनको मूल्यमा गिरावट

काठमाडौं : पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार […]

यतीले दुई हजार ५०० मा भरतपुर–पोखरा उडान गर्ने

काठमाडौं:  यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो । एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान ११ः३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ । यती एयरलायन्सको ३० सिटको जेडस्टिम […]

सिलगुढी–काठमाडौँ बस सेवा शुरु

काठमाडौं: पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौँबाट पश्चिम भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ । गत सोमबार काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सो सेवाको संयुक्त उद्घाटन गर्नुभएको थियो । सेवा उद्घाटनसँगै दैनिक वातानुकूलित ४४ सिटका बा ५ ख ७९४२ र बा ५ ख ७९४३ नम्बरका […]