साताको अन्तिम दिन पनि नेप्से ओरालो

काठमाडौं:  बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१६ बिन्दुले घटी २६१.२४ मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल […]

मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री

काठमाडौं: अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले आर्थिक कूटनीतिलाई समेत केन्द्रमा राखेको र आफ्ना गतिविधिलाई सोही आधारमा केन्द्रीकृत गरेको जानकारी दिनुभयो । लगानी सम्मेलन जस्ता अन्तर्राष्ट्रियस्तरका सम्मेलनले समेत सकारात्मक […]

फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००

काठमाडौँ : पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ८०० ले वृद्धि भई प्रतितोला रु ७३ हजार ४०० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला रु ७२ हजार ६०० मा कारोवार भएको […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक १४ शाखा विस्तार

काठमाडौँ : सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक आफ्ना १४ शाखा कार्यालय विस्तार गरेको छ । अब बैंकको शाखा कार्यालय २२२ बाट २३६ पुगेको छ । २८ कमिर्शियल बैंकमध्ये सबैभन्दा बढी अर्थात् ३१ लाख ग्राहक पुगेको सो बैंकले आज विस्तार गरेको शाखा कार्यालयमा चकचकी (झापा) कसिंयावजार (मोरङ), चन्द्रपुर (रौतहट), भीमफेदी (मकवानपुर), बलवाबजार र पिपरा(महोत्तरी), […]

आम्दानीको मुख्य स्रोत बन्दै ‘रुद्राक्ष’

 युवराज विष्ट/ भोजपुर भोजपुरमा आम्दानीको राम्रो स्रोतका रूपमा रुद्राक्ष खेतीलाई लिने गरिन्छ । रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरमा हरेक वर्ष यसको कारोबारबाट करीब एक अर्बभन्दा बढी रकम भित्रिने गरेको छ । रुद्राक्षको व्यापार असोजदेखि शुरु हुने भए पनि पछिल्लो समय यसको कारोबार भदौको पहिलो सातादेखि नै शुरु हुने गरेको षडानन्द नगरपालिका व्यापारी एकबहादुर जिसीले बताउनुभयो […]

निगमको जापानमा व्यावसायिक उडान शुरु

काठमाडौं: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौ १२ गते अर्थात् बुधबार रातिदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइड बडी ए ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक शुरुआत गरेको हो । जापान उडानको गए राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

फास्ट ट्रयाक रेखांकनमा परिवर्तन, आयोजनाको लागत १ खर्ब ७५ अर्ब

काठमाडौं :  सरकारले काठमाडौं–तराई द्रुतमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले प्रस्ताव गरेको रेखांकनमा परिवर्तन गरेको छ । प्रस्तावित द्रुतमार्गको रेखांकनमा खोकना र सुरुङमार्ग निमार्ण हुने ठिंगल–लेनडाडा क्षेत्रमा संसोधन गरेको हो । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गरी खोकनाको सिकाली मन्दिर र कोदेश क्षेत्रमा सामान्य रेखांकन परिवर्तन गरेको जनाएको छ । साथै, महादेवटार देखी लेनडाडासम्मको […]