पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ महीना अगावै सम्पन्न हुन्छ : मन्त्री भट्टराई

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा सञ्चालित ठूला विकास निर्माणका आयोजना गुणस्तरीय हुनुका साथै समयमा सम्पन्न हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षणका क्रममा उहाँले नेपाल ठूला आयोजना सञ्चालन गरेर विश्व समुदायलाई देशमा लगानी आकर्षण गर्ने किसिमको वातावरण तयारीमा जुटेको बताउनुभयो । विश्व समुदायलाई विश्वस्त […]

धितोपत्र बजारः नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ : धितोपत्र बजारमा आज शेयर कारोवारमापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२६ अङ्कले घटेर एक हजार १९७.७५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.९९ अङ्कले घटी २६१.४० मा पुगेको छ । परिसूचक घटेपनि कारोवार भने औसत नै रहेको छ । स्टकका अनुसार आज १६८ कम्पनीका […]

भैँसेपाटीमा मौलिक शैलीका सुविधासम्पन्न मन्त्री निवास बन्दै, निर्माणका लागि ठेक्का सम्झौता

काठमाडौं : ललितपुर महानगरपालिका–१८ भैँसेपाटीमा नेपाली मौलिक शैलीको सुविधासम्पन्न मन्त्री निवास निर्माण गरिने भएको छ । सो स्थानमा निवाससँगै, बहुउद्देश्यीय सभाहल, हेल्थ क्लब, पौडी पोखरी, हेलिप्याड, सामाजिक कार्यका लागि हल र सपिङ सेन्टरलगायतका सुविधासहितको मन्त्री निवास निर्माणका लागि ठेक्का सम्झौता भएको छ । पुल्चोकस्थित मन्त्री निवासका भवन साघुँरा र जीर्ण भएकाले नयाँ भवन निर्माण गर्न […]

ताप्लेजुङमा माछापुच्छ्रे बैंकको शाखा

काठमाडौं : माछापुच्छे बैंकले ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकको १२२औँ शाखा कार्यालयको आज एक कार्यक्रमबीच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त शाखाले असारदेखि नै कार्यालय स्थापना गरी कारोवार गर्दै आएको छ । माछापुच्छ्रे« बैंकले मुलुकभर १३६ शाखाबाट बैंकिङ सेवा दिँदै आएको […]

शेयर बजार: नेप्से थामियो

काठमाडौँ : लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारका शेयर कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४.८७ बिन्दुले बढेर एक हजार २०८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ बिन्दुले बढेर २६३.३९ मा पुगेको छ । नेप्से बढे पनि कारोवार रकम भने अपेक्षित वृद्धि […]

सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम

काठमाडौँ :  पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको […]

नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

नेपालगञ्ज : विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन् । गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको छ । नेपाल […]