एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणमा एक वर्ष ढिलाइ

दमौली : एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माणकार्य एक वर्षपछि धकेलिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि आयोजनाको निर्माणकार्य एक वर्षपछि धकेलिएको हो । बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए […]

यस्ता छन् पर्यटनमन्त्रीका प्रमुख प्राथमिकताका १४१ बुँदे कार्ययोजना

काठमाडौँ   :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत मन्त्रालयको आगामी एक वर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको छ । पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेको झण्डै एक महीनाको गृहकार्यपछि उहाँले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी र परिणाममुखी बनाउने रणनीतिका साथ प्रमुख […]

शेयर बजारः नेप्से घट्यो

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । साताको आज दोस्रो दिन नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०७ बिन्दुले घटेर २६२.३७ मा पुगेको छ । नेप्से घटेपनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको १६ लाख तीन हजार […]

सुन एकैदिनमा तोलाको एक हजार बढ्यो

काठमाडौं : पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भई प्रतितोला रु ७३ हजार ५०० कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७२ हजार ५०० मा कारोवार […]

भोटेकोशी जलविद्युत् आयोजना : सुरुङ निर्माण ७५ प्रतिशत

चौतारा: सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।  भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि बाह्रबिसे नगरपालिका– १ जम्बुस्थित विद्युत् गृहसम्मको सात हजार १२४ मिटर सुरुङ मार्गमध्ये हालसम्म पाँच हजार ३०० मिटर सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले जानकारी दिनुभयो । चिलिमे जलविद्युत् […]

नेप्से पुनः ओरालो यात्रामा

काठमाडौँ : धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ । नेप्से ओरालो […]

सुन एक हजार २०० ले बढ्यो, तोलाको ७२ हजार ५००

काठमाडौँ : पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला […]