काठमाडौँ : यही भदौ ४ र ५ गते राजधानीमा हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने बताइएको छ । नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन बैठकबाट मद्दत पुुग्ने विश्वास गरिएको छ । आर्थिक सहयोग प्रवद्र्धनलाई बैठकको केन्द्रमा समावेश गरिएको छ । तीन वर्षपछि हुन […]
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई नियन्त्रण गरी विद्युतिकरणको महाअभियानमा लाग्ने बताएका छन् । प्राधिकरणको ३४ औँ वार्षिकोत्सवमा आइतबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राधिकरणले लक्ष्य पूरा गर्दै गएकाले आगामी वर्षमा हरेक चुनौतीको सामना गर्दै जाने बताए । उनले चालू आर्थिक वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतिकरण गराउने बताएका थिए […]
काठमाडौं: लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य […]
काठमाडौं: धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर आरोलो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल ७५ लाख ४४ हजार १३ कित्ता शेयर रु एक अर्ब ७८ करोड ९२ लाख […]
काठमाडौँ : सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ । एकाध व्यक्तिको प्रयत्न तथा राजनीतिक नेतृत्वको सही दृष्टिकोण भयो भने सफलता प्राप्त गर्न समय लाग्दैन भन्ने उदाहरण प्राधिकरणले पेश गरेको छ । प्राधिकरणले भदौ १ गते आफ्नो स्थापनाको ३४ औँ वर्षगाँठ […]
काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कुनै पनि सार्वजनिक जग्गा अतिक्रमण सरकारलाई सह्य नहुने भन्दै गुठी संस्थानले प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवालासँग समन्वय नगरी कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिनुभएको छ । गुठी संस्थानले पोखराको तालबाराही समिधा गुठीको जग्गा तीनवटै तहको सरकारलाई जानकारी नै नगराई भाडामा दिने प्रस्तावको […]
काठमाडौंं : अर्थमन्त्री डा युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आन्तिरिक राजश्व कार्यालयको उद्घाटनमा उहाँले अघिल्लो वर्षमा करको दरहरु बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबैभन्दा बढी रु २० लाखभन्दा बढीको आयकर ३६ प्रतिशत छ, अब केही वर्ष यसको पुनरावलोकन गर्नुपर्ने छैन […]