प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण

काठमाडौं : नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ । गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो । गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको […]

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गरिने

काठमाडौँ : भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक विद्युत् सेवा उपलब्ध गराउन अन्तरसरकारी निकायबीच आवश्यक समन्वय गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा नेपाल विद्युत् प्राधिरकण, सडक विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समन्वय गरेर काम गर्ने विषयमा सहमति भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, संस्कृति, […]

शेयर बजार : ओरालो यात्रामा नेप्से

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६६ कम्पनीको ११ लाख […]

भृकुटी कागज कारखाना तत्काल सञ्चालनमा ल्याउन सांसद कोमल ओलीको माग

काठमाडौँ : राष्ट्रियसभाका सदस्य कोमल ओलीले भृकुटी कागज कारखाना तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर सदस्य ओलीले कारखाना सञ्चालनमा नल्याएकै कारण केही युवा विदेशिएको दाबी गर्नुभयो । भृकुटी कागज कारखाना बन्द भएको १० वर्ष नाघेको छ । सांसद विन्दादेवी आले रानाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उद्देश्यअनुसारको काम नभई जथाभावी […]

ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा भाडामा दिने निर्णय रद्द गर्न लेखा समितिको निर्देशन

काठमाडौं : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ । उक्त कम्पनीले त्यस क्षेत्रमा गरिरहेको कामका सम्बन्धमा गठित उपसमितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमाथि उद्योग मन्त्रालय र लगानी बोर्डका पदाधिकारीको धारणा लिएपछि समितिको आजको बैठकले उक्त निर्णय […]

सहकारी संस्थाहरूको ब्याजदरको सीमा बढाउन सहकारीकर्मीको लबिङ

काठमाडौं: सहकारी विभागले सहकारी संस्थाहरूको ऋण लगानीमा १६ प्रतिशत ब्याजदरको सीमा तोकेसँगै यसलाई वृद्धि गर्न सहकारीकर्मीहरूले लविङ सुरु गरेका छन् । विभागले तोकेको सीमाभित्र बसेर काम गर्न नसकिने भन्दै कम्तिमा पनि लघुवित्त संस्थाको सरह बनाउन माग गरेका हुन् । सहकारी विभागले आइतबारदेखि देशभरका सहकारीका लागि ऋणको ब्याजदरमा सीमा लागू गरेको थियो । यो सीमाभित्र बसेर […]

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

काठमाडौँ : धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर रु दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । पूँजीगत लाभकरलगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न […]