भ्रमण वर्ष २०२० जसरी पनि सफल बनाउनैपर्छः पर्यटनमन्त्री

काठमाडौँ : संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पूर्वाधार विकाससँगै लगानीमैत्री वातावरण तथा सेवामा विशेष सहुलियतको व्यवस्था गरिने बताउनुभएको छ । भ्रमण वर्ष अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा नेपाल पर्यटन बोर्डको सहयोगमा भ्रमण वर्ष सचिवालयले आज यहाँ सरोकारवाला निकायसँग गरेको अन्तक्र्रियामा मन्त्री भट्टराईले चुनौतीको रुपमा […]

लोप हुँदै पुराना पानीघट्ट

रुकुमपूर्व : रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जाँै, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको सिस्ने गाउँपालिका–५ का मिमबहादुर विकले बताउनुभयो । रुकुमपूर्वका विभिन्न खोलाको छेउछाउमा ४०० को हाराहारीमा पानीघट्ट रहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रकाश मल्लले […]

बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गर्न माग

काठमाडौं : धादिङ र गोरखाका जनप्रतिनिधिले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण हुन बाँकी क्षेत्रको तत्काल निर्धारण गर्न आग्रह गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग आज सिंहदरबारमा भएको छलफलमा उनीहरुले मुआब्जा निर्धारण भएको क्षेत्रका वितरण प्रक्रियालाई तीव्र पार्न आग्रह गरेका थिए । धादिङको खहरे बजार र गोरखाको आरुघाट र आर्खेत बजारको […]

लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत सकियो

काठमाडौं: लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पुरा भएको छ । लुम्बिनी विकास कोषको आज बसेको बोर्ड बैठकमा बृहत्तर लुम्बिनी गुरुयोजनाको कामका लागि झण्डै रु दुई सय अर्ब आवश्यक पर्ने तथा त्यसको व्यवस्थापनको विषयमा पनि छलफल भएको थियो । बैठकको अध्यक्षता कोषका अध्यक्षसमेत रहनुभएका नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गर्नुभएको थियो । सो […]

आज सुनकाे भाउ स्थिर: ताेलाकाे सत्तरी हजार रुपैयाँ

काठमाण्डौ: सुनचाँदीको भाउ सत्तरी हजार रुपैयाँमा रोकिएको छ । आज (शुक्रबार ) सुनको भाउ तोलाको ७० हजार रुपैयाँ तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबारकै दरमा कायम छ । चाँदीको भाउ पनि हिजो बिहीबारजस्तै तोलाको ८ सय २५ रुपैयाँ तोकिएको महासँघले जनाएको छ ।

ग्लोबल आईएमई बैंकको ३ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं : ग्लोबल आईएमई बैंकले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका–१, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका–६, नयाँ बजार र खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका–१, दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको भन्दै नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या १४० पुगेको पनि जानकारी […]

तल्लो चमेलिया विद्युत् आयोजना निर्माण पहल

धनगढी :  सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाको तल्लो चमेलिया जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पहल थालेको छ । यसका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग आयोजनाको निर्माण गरी सञ्चालन र व्यवस्थापनका लागि सहमति माग्ने निर्णय गरिसकेको छ । केही वर्ष अघि निर्माण सम्पन्न चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादन भइरहेको ३० मेगावाटको विद्युत् […]