सुनको भाउ तोलाको ७० हजार पुग्यो

काठमाडौं : सुनको भाउ तोलाको ७० हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउ बिहीबार तोलामा १५ रुपैयाँ बढेर ८ सय २५ रुपैयाँ पुगेको छ । गएको शुक्रबारदेखि नै कीर्तिमान बनाइरहेको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको हो । सुनको भाउ बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो । नेपाल […]

सरकारको प्राथमिकतामा लुम्बिनी र गौतमबुद्ध विमानस्थल : पर्यटन मन्त्री

रुपन्देही : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले तिनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । आगामी […]

विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा समस्या

विराटनगर: प्रदेश–१ सरकारले ठूलै तामझामका साथ सञ्चालनमा ल्याएको विराटनगरस्थित तरकारी र फलफूलको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा समस्या देखिएको छ । संघ र प्रदेशअन्तर्गतका कार्यालयबीच समन्वय अभावमा प्रयोगशाला सञ्चालनमा समस्या देखिएको हो । संघीय सरकार मातहत रहेको विराटनगर भन्सार कार्यालयले भारतबाट आयात हुने तरकारी परीक्षण गर्न नमूना नपठाउँदा विषादी प्रयोगशाला पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । […]

भोजपुरमा विमानको उडान परीक्षण सफल

भोजपुर : जिल्लाको टक्सार विमानस्थलमा नेपाल एयरलायन्सको नयाँ जहाजले उडान परीक्षण सफल गरेको छ । नेपाल एयरलायन्सको नयाँ विमान (वाई बाह्र) ले आज परीक्षण उडान भरेको हो । नयाँ उडानको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।  अबका दिनमा जहाजले आवश्यकताअनुसार उडान भर्ने निगमका स्टेशन प्रमुख दिनेश कोइरालाले जानकारी दिनुभयो ।7 […]

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं: धितोपत्र बजारमा केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.८६ अङ्कले बढेर २६९.९६ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । […]

वायु सेवा निगम सुधार्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं : सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रिस्तरको) आजको निर्णयअनुरूप पूर्व पर्यटनसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा लेखा विज्ञ (चार्टर एकाउण्टेण्ट) सुवोधरकुमार कर्ण, […]

आगामी डेढ वर्षमा जुम्लामा प्रसारण लाइन पुग्छ: कुलमान घिसिङ

काठमाडौ: जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पु¥याउन आवश्यक प्रक्रिया शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पु¥याउन बोलपत्र भई ठेक्का सम्झौता भइसकेको बताउनुभएको छ । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले  प्रतिनिधिसभाको बैठकमा जुम्ला अन्धकारमा रहेको भए पनि सरकार र प्राधिकरणले विद्युत् बिक्रीका लागि […]