काठमाडौं : सरकारले भूमि व्यवस्थित गर्न अनलाइन सेवालाई थप प्रभावकारी बनाउँदै लगेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय देशभर ‘ल्याण्ड रेकर्ड इन्फरमेसन सिष्टम ९एलआरआइएमएस०’ सफ्ट्वेयर लागू गरेर भूमिको संरक्षण र व्यवस्थापनमा लागेको हो । विसं २०७२ देखि शुरू गरिएको अनलाइन सेवा २०७४ सालसम्म २५ कार्यालयमा मात्र लागू भएकामा अहिले ७६ कार्यालयमा विस्तार […]
हेटौडा: बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई रु नौ करोडको क्षति पुगेको छ । रु चार अर्ब २५ करोड लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले रु छ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरको विद्युत् व्यापार गरी कूल रु नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिनुभयो […]
काठमाडौं : नेपाल र चीनबीच हवाई यातायातको क्षेत्रमा संयुक्त साझेदारीको सहमति भएको छ । दुई देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा पारस्परिक सहयोगलाई सघन तुल्याउन सहमति जनाएका हुन् । द्विपक्षीय छलफलपछि आज हस्ताक्षर भएको समझदारीपत्रअनुसार चीनले थप आठवटा चिनियाँ गन्तव्यमा नेपाली हवाई […]
काठमाडौं : विप्रेषण आयले देशको अर्थतन्त्र दीर्घकालसम्म सञ्चालन नहुने यथार्थ औँल्याउँदै अर्थतन्त्रका जानकारहरुले कृषि क्षेत्र र उद्यमशीलताको विकासबाटै आर्थिक उन्नयन सम्भव हुने बताएका छन् । सङ्घीयतामा मुलुक प्रवेश गरेको चार वर्षको अवधिमा सामाजिक आर्थिक विकासका दृष्टिले स्थानीय तहलाई संरचनागत रुपमा नै सुदृढ गर्नुपर्नेमा पनि जोड दिएका छन् । पेट्रोलियम पदार्थको आयात, वस्तुको ढुवानी, स्वदेशी उत्पादनको […]
काठमाडौ: चार वर्षपछि सञ्चालनमा आएको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजस्व असुली भएको छ । चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको हो । चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । […]
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले चालू आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित रहेको टिप्पणी गर्दै सरकारले अपेक्षा राखेको आर्थिक वृद्धि हासिल गर्न भने कठिनाइ पर्न सक्ने सङ्केत गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित रहेको र सरकारको बजेटमा उल्लेखित ८।५ प्रतिशतको आर्थिक वृद्धि गर्ने र छ प्रतिशतमुनिको मुद्रास्फ्रिती हासिल गर्न […]
–शरच्चन्द्र भण्डारी चालू आर्थिक वर्षको बजेटले लक्षित गरेको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुु¥याउन आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा वित्तीय साधनको उपलब्धतालाई प्रोत्साहन गर्ने नीतिका साथ केन्द्रीय बैंकले चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । विगतमा नयाँ आर्थिक वर्ष प्रारम्भ हुनुुअगावै सार्वजनिक हुँदै आएको मौद्रिक नीति यो वर्ष विविध […]