महेन्द्रप्रसाद गुरागाईं स्थानीय तहको खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि लोकसेवा आयोगबाट २०७६ जेठ १५ गते प्रशासन सेवा (सामान्य प्रशासन, लेखा, आन्तरिक लेखा परीक्षक), इञ्जिनियरिङ सेवा (सिभिल, सर्भे, बिल्डिङ एण्ड आर्किटेक्ट समूह), शिक्षा सेवा, विविध (महिला विकास, कम्प्युटर इञ्जिनियर, कम्प्युटर अधिकृत, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर) आदि गरी जम्मा नौ हजार १६१ पदको विज्ञापन प्रकाशन भयो । […]
जगत बस्नेत गुठी विधेयकका विषयमा सडकदेखि सदनसम्म बहस भइरहेको छ । तर, प्रस्तावित गुठी विधेयकले त्यस्तो ठूलो परिवर्तन गरेको देखिँदैन । प्रस्तावित विधेयकबाट वास्तविक किसान पनि पूर्णतः सन्तुष्ट देखिँदैनन् । यो विधेयक अन्य विधेयकभन्दा बाक्लो छ । धेरै पाना भएकाले यसमा सबैले सबै बुँदा नहेरी धारणा बनाएको देखिन्छ । विधेयकले स्पष्ट रूपमा गुठी र गुठी जमिनको स्पष्टता नदिएकाले सडकमा विरोध […]
काठमाडौं : सरकारले जेष्ठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरेको छ । जी–टु–जी प्रक्रियाबाट भारत सरकारसँग युरिया र डिएपी मल खरिद गर्न […]
निर्मल भट्टराई नेपालको कम्युनिष्ट आन्दोलन शुरु भएको सात दशकभन्दा बढी समय गुज्रेको छ । यो अवधिमा नेपाली नेताहरुले यसको नेपालीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अरु देशका अनुभवलाई सन्दर्भ समग्री मानेर आफ्नो देशको परिस्थिति अनुसार पार्टीको सैद्धान्तिक निरुपण हुने दर्विलो धरातल निर्माण भएको छ । नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि प्रकाशित पहिलो पर्चामा […]
निमफुञ्जो शेर्पा, (मेयर) बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक हामी यतिबेला मुलकको समृद्घिको कुरा गरिरहेका छौं । अहिले नेपाल सरकारले तय गरेको ‘समृद्घ नेपाल र सुखी नेपाली’ को नारा असाध्यै लोकप्रिय छ । यो नारालाई सफल पार्नु हामी स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल तथा स्थानीय जनताको अहम भूमिका रहन्छ । यद्यपि नारा जति राम्रो छ त्यतिनै यसको कार्यन्वयन […]
विनोद चौधरी बजेटको संरचना परिवर्तन गरेर विकास खर्च ६० र चालु खर्च ४० प्रतिशत हुनुपर्छ, यो विकासको यो पूर्वशर्त हो । यो वर्ष चालू खर्च ६६ प्रतिशत विकास खर्च २३ प्रतिशतभन्दा माथि जाने अवस्था छैन । आगामी वर्षको बजेटले पनि यही अवस्थामा लैजान स्वीकार गरेको छ । राष्ट्रले धान्न नसकिने गरी थपिने खर्चले गर्दा अहिलेको […]
सोनाम लामा गैर आवासीय नेपाली संघको माध्यमले संसारको ८० मुलुकहरुमा छरिएर रहने ५० लाख सम्पुर्ण नेपालीहरुको आपसी सद्भाव र भाईचाराको शुमधुर सम्बन्ध स्थापित हुदै आईरहेको छ। संघको पञ्जीकृत सदस्य संख्या भन्दा पनि संघले गर्दै आएको क्रियाकलाप र गतिविधिको अभियानले गैर आवासीय नेपालीहरुको मानवीय नैसर्गिक हक अधिकारको लागी एकै आवाजको सुत्रधार बनेको छ। संघको मुख्य उद्धेश्य […]