हेमराज भट्ट अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जलस अन्तराष्ट्रिय बिमान स्थलबाट कतार एअरको नियमित उडानद्धारा दोहा हुदै दोहाबाट हामी नेपालीहरुको पहिचान र राष्ट्रिय गौरव झल्काउने नेपाल एअरलाईन्सको राष्ट्रिय ध्वजाबाहक जेट बिमानमा चढी भर्खरै मात्र निर्माण कार्य सम्पन्न भई संचालनमा आएको बारा जिल्लाको निजगढ अन्तराष्ट्रिय बिमान स्थलसम्मको मेरो हवाई यात्रा तय भयो। हवाई यात्रा निकै लामो भएकाले […]
रविन्द्र खड्का, अध्यक्ष –गैर आवासीय नेपाली संघ डेनमार्क सन् २००३ मा उपेन्द्र महतोको नेतृत्वमा रसियाबाट गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्थापना भयो । एनआरएनए स्थापना भएसँगै विभिन्न देशहरुमा विस्तार हुन थाल्यो । सबैभन्दा पहिला बेलायतबाट सन् २००३ मा पहिलो राष्ट्रिय समन्वय परिषद् ९एनसिसी० स्थापना गरियो । विभिन्न एनसिसीहरु विस्तार हुने क्रम जारी रह्यो । […]
डा. बद्री केसी नेपालीत्वले हामीलाई संसारको जुनसुकै कुनामा जन्मिए पनि नेपाली नै बनाइराखेको छ । यो नेपालीत्वको वास्तविक परीक्षण सुखभन्दा दुःखमा, अझ संकटमा हुने रहेछ । अहिले दोस्रो–तेस्रो लहर चलिरहेको र अनिश्चित भविष्यबीच कोरोना वैश्विक महामारीको अनुभवले एउटा निकै भावुक र महँगो अनुभूति स्थापित गरेको छ, संकटमा परीक्षित नेपालीत्वका सन्दर्भमा । विश्वभर छरिएका नेपाली दाजुभाइ, […]
पार्वत गुरुङ भनिन्छ– मुत्यु दुईप्रकारका हुन्छन् । पहाडभन्दा गह्रुँगो र प्वाँखभन्दा हलुङ्गो । सिङ्गो जीवन नेपाली वाम आन्दोलनप्रति समर्पित गर्नुभएका पशुपति चौलागाईको महाप्रस्थान साँच्चिकै पहाडभन्दा गह्रुँगो साबित भयो । उहाँको अवसानबाट हजारौँजन शोकमग्न बने । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल सम्मान र श्रद्धाका शब्दले रङ्गिए । मिडियामा शोक–सन्तप्त समाचार छाए । दोलखालीमात्रै हैन, उहाँ नेपाली राजनीतिको […]
शंकर भण्डारी- केन्द्रीय सदस्य एवं संयोजक तरुण विभाग,नेपाली कांग्रेस “कम्युनिष्टलाई विश्वास गर्दा, दोश्रो जनआन्दोलको जनादेशभन्दा बाहिर गएर निर्णय लिंदा, मुलुकको मौलिक संस्कृति, परम्परा र विशिष्टतालाई भत्काउने कार्यमा साथ दिंदा कांग्रेस कमजोर भयो लोकतन्त्रका विरोधीहरु लोकतन्त्रका पहरेदार बन्न पुगे । जति छिटो कांग्रेसले कम्युष्टिलाई बोक्न छाड्छ र हिजो गरेका गलत निर्णयहरु सच्याउने साहस गर्छ त्यति नै […]
डा सुप्रिया शेरचन भट्टचन बढ्दै गरेको कोभिड १९ को संक्रमणले आज देश संकटमा परेको छ। दिनहुँ हजारौँ संक्रमित बढ्नुका साथै बढ्दो मृत्युदरले सबैको मनमा डर र त्रास पसेको छ। संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरु अहिले होम आइसोेलेसनमा र क्वारेन्टाइनमा बसेका छन्। जटिल खालका कोरोनाको लक्षण भएका बिरामीहरुको उपचार अस्पतालको कोभिड वार्डदेखि आइसीयूमा भइरहेको छ। होम आइसोलेसनमा […]
उद्धव लुइँटेल पिप्लेली संस्कृत साहित्यको चर्चित आर्ष महाकाव्य महाभारतमा एकजना महत्त्वपूर्ण पात्र छन धृतराष्ट्र । उनी द्वापरयुगको शक्तिशाली राज्य हस्तिनापुरको राजकाजमा कागताली परेर राजा बनेका थिए । प्राकृतिक रूपमा उनी आँखा देख्दैनन् । उनी राजा भएपछि विकसित भएका घटनाक्रमहरूले महाभारतको युद्ध भयो । राजा भएर पनि पुत्रमोहको अन्धताले ग्रस्त धृतराष्ट्रले हस्तिनापुरका एकसय एक महारथिहरू र […]