यस्तो छ लाप्राक नमूना बस्ती हस्तान्तरणको तयारी (भिडियो सहित)

गैर आवासीय नेपाली संघले चार वर्षअघि निर्माण थालेको लाप्राक बस्ती गर्व गर्न लायक बनेको छ । आगामी बैशाख १२ गते हस्तान्तरण हुन लागेको बस्ती गर्व गर्न लायक बनेको हो । लाप्राकवासीले चैत महिनाभित्रै लालपूर्जा पाउने भएका छन् । (भिडियो हेर्नुहोस) https://fb.watch/4cyLZbpWx_/

को हुन् एनआरएनए अमेरिकाका अध्यक्ष उम्मेदवार कृष्ण लामिछाने, कस्ता छन् चुनावी प्रतिबद्धता ?

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी अध्यक्षमा कृष्ण लामिछानेले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए अमेरिकाको पूर्ब बोर्ड अफ डाइरेक्टर लामिछानेले अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।विगत २० वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको लामिछाने नेपाली समाज टेक्ससको अध्यक्ष लगायत विभिन्न सामाजीक संस्थाहरूको नेतृत्व गरिसक्नुभएको छ । को हुन लामिछाने […]

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फ्रान्समा एनआरएनए महिला फोरमको भर्चुअल कार्यक्रम

पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा एक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको महिला प्रतिनिधि मिली उपाध्याय कोइरालाको संयोजकत्व र एनआरएनए महिला फोरम फ्रान्सको विशेष सक्रियतामा एक भर्चुअल कार्यक्रम गरि सम्पन्न गरिएको हो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नरेन्द्र शाही (ठकुरी ) र प्रमुख अतिथिको […]

लाप्राक नमूना बस्ती आगामी बैशाख १२ गते औपचारिक रुपमा हस्तान्तरण गर्ने घोषणा

काठमाडौ । गैर आवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक नमूना बस्तिको निरीक्षण भ्रमण गरेको छ । सो भ्रमण टोलिमा २० जनाको सहभागिता रहेको थियो । लाभग्राहिका तर्फबाट बडाका अध्यक्ष, राज गुरुङ्गले, स्वागत मन्तव्य व्यक्त गर्दै बस्ति अब छिटो सम्पन्न हुनेमा लाभग्राहिहरु विश्वस्त भएका […]

राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दै एनआरएनए कतार

दोहा ( कतार) । गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा युवा विभागको आयोजनामा राष्ट्रिय युवा सम्मेलन हुने भएको छ। अगामी मार्च ५ तारिख शुक्रबारका दिन दिउँसो १ बजे देखि अनलाइन (जूम) मार्फत सो कार्यक्रम हुने भएको हो । नेपालको दिगो विकास र समृद्धिका लागि प्रवासी युवाहरूको भुमिका भन्ने नारा सहित राष्ट्रिय युवा सम्मेलन […]

एनआरएनए डेनमार्कको कलरफूल श्याडोज कार्यक्रम चार वर्षपछि सञ्चालनमा

कोपनहेगन । गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कले नेपालमा दृष्टिबिहीनहरुलाई विभिन्न सहयोगको लागि संचालित संस्था कलरफूल स्याडोज कार्यक्रम चार वर्षपछि फेरि सञ्चालनमा ल्याएको छ । दोस्रो पुस्ताको लागि कलरफूल स्याडोज कार्यक्रम चार वर्षपछि सञ्चालनमा ल्याइएको हो । कलरफूल श्याडोज कार्यक्रम अन्तर्गत नेपालमा अपाङ्गता भएका विद्यार्थीहरूका निमित्त दुई महिने कोचिङ कक्षा सञ्चालन गरिएको छ । सो […]

लाप्राक नमूना बस्ती आगामी बैशाख १२ भित्रै हस्तान्तरणको लागि तयारी तीब्र

काठको सहज व्यवस्था गरिदिन सिफरिस काठमाडौं । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको लाप्राक नमूना बस्ती आगामी बैशाख १२ गतेभित्र हस्तान्तरणको तयारी तीब्र बनाइएको छ । प्रोजक्टको निर्माण कार्य सम्पन्न गर्न संघका अध्यक्ष कुमार पन्त र उपायक्ष तथा लाप्राक प्रोजेक्टका संयोजक सोनाम लामासहितको एनआरएनएको टोली नेपालमा खटिरहनुभएको छ । त्यसै सिलसिलामा बुधबार संघका […]