एनआरएनएमा अनलाईन भोटिङ र सदस्यता निशुल्क गर्ने सवाल

सोनाम लामा वर्तमान कोभिड– १९ को विषम परिस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले आफनो बलियो उपस्थिति देखाउँदै नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग देखि विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार तथा राहत सहयोग गर्ने कार्यमा सहयोगी भूमीका निर्वाह गर्दै आएको यहाँहरुलाई अवगतै छ । यसै सिलसिलामा संघले अहिले सदस्यता शुल्क, राष्ट्रिय (एनसीसी) तथा अन्तर्राष्ट्रिय समन्वय […]

कतारमा एनआरएनएको एक्काइसौ चरणको राहत, अहिलेसम्म ७ हजार २ सय १७ नेपालीलाई वितरण

दोहा – गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारले राहत वितरण कार्य अझै जारी राखेको छ । त्यसै सिलसिलामा एनआरएनए कतारले एक्काइसौ चरणको राहत वितरण पनि सम्पन्न गरेको छ । कतारमा कोभिड – १९ को कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले एक्काइस चरणसम्म आइपुग्दा ७ हजार २ सय १७ जना नेपालीलाई राहत वितरण गरिसकिएको छ । […]

एनआरएनको ‘घुम्ती रगत बस परियोजना’

काठमाडौं – गैर आवासीय नेपाली संघले नेपाल रेडक्रस सोसईटी चितवनसंग सहकार्य गरि मौसम प्रतिकुलताको बेलामा पनि रगत संकलन गर्नको लागि “घुम्ती रगत बस परियोजना” (  Mobile Blood Bus Project) संचालन गर्न लागेको छ । यसले रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। यस परियोजनाको […]

एनआरएनएमा अनलाइन भोटिङ र सदस्यता नि:शूल्क गर्ने प्रस्ताव पारित

अब चुनावी धन्दा चलाउनेका दिन गए काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को सांगठानिक पुर्नरसंरचना तथा विधान संसोधन प्रस्ताव पारित भएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति ( आइसीसी ) को शनिवार सम्पन्न अनलाइन कन्फ्रेन्स कल मार्फत भएको बैठकले सदस्यता शुल्क, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिषदको निर्वाचन प्रकृया, इलोक्ट्रोनिक्स मतदान, महाधिवेशन प्रतिनिधि […]

एनआरएनए कतारद्धारा बीसौं चरणको राहत बितरण, अहिलेसम्म ६ हजार ५९० नेपालीले पाए राहत

कतार – गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारले राहत वितरण कार्य अझै जारी राखेको छ । त्यसै सिलसिलामा एनआरएनए कतारले बीसौं चरणको राहत वितरण पनि सम्पन्न गरेको छ । कतारमा कोभिड – १९ को कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले बीसौं चरणसम्म आइपुग्दा ६ हजार ५ सय ९० जना नेपालीलाई राहत वितरण गरिसकिएको छ । […]

नेपाली नागरिकताको निरन्तरताको मुद्धा कार्यान्वयनमा दबाब आवश्यक : सुनील साह

न्यूयोर्क : गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनील साहले नेपाली नागरिकताको निरन्तरतालाई कार्यन्वयनमा लैजान दबाब आवश्यक रहेको भन्दै सरोकारवालाको ध्यानर्कषण गराउनुभएको छ । अध्यक्ष साहले एक बिज्ञप्ति जारी गर्नुहुँदै नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था समितिवाट पारित भई प्रतिनिधि सभाको पूर्ण वैठकमा पेश हुन प्रतिरक्षारत रहेको अवस्थामा […]

भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार र साउदी अरेवियामा थपिए कोरोना संक्रमीत नेपाली

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन भएको छ । गैर आवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भए पछि विदेशमा मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको हो । शनिवार साँझसम्म नेपाल सहित विश्वभर २ सय […]