नारायण आचार्य भारत सरकारले चीनको मानसरोवर सम्म पुग्ने बाटो निर्माण गर्ने बहानामा नेपाली भुभाग लिपुलेख हुँदै सडक निर्माण गर्दै गरेको समाचारले हामी सवै गैर आवासीय नेपालीहरु स्तब्ध भएका छौं। करिव ६ महिना अगाडी भारत सरकारले आफ्नो देशको नक्सामा उक्त नेपाली भुभागलाई समावेश गरि प्रकासित गर्नु र अहिले सोहि भुभागमा भारतीय राजमार्ग निर्माण गर्नु अत्यन्तै खेदजनक […]
न्यूयोर्क : गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका आइसिसी सदस्य र मानार्थ परिषद सदस्यहरुको संयुक्त बैठकले नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति भत्सर्ना गरेको छ । भारतले एकतर्फी रुपमा नेपाली भूभाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेकोप्रति क्षेत्रभित्रका आइसिसी […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति भत्सर्ना गरेको छ । संघका तर्फबाट अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय […]
साउदी अरव : साउदीमा कार्यरत कोरोना प्रभावित नेपालीको समस्यामा सहयोग गर्ने उद्धार अभियानमा एनआरएनए सक्रिय भएर लागिपरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदीले समस्यामा परेका सयौ नेपालीलाई राहत वितरण गरेको छ । संघले हालसम्म आफ्नो सम्पर्कमा आएका पूर्वीक्षेत्र दमाममा १०४, मध्ये क्षेत्र रियादमा ५६, अलकासिम ३ र तावुक क्षेत्रमा ३५ जना गरी […]
काठमाडौं : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङको सहयोगमा प्राप्त स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बीच संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका निर्देशक भोगेन्द्र राज डोटेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड १९ बाट पीडित यूरोपका चार वटा , मध्यपूर्व र एसिया प्याशिफिकको एक/ एक वटा देशलाई २७ हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनए आइसिसीले गैर आवासीय नेपालीहरुलाई दोश्रो चरणमा २७ हजार डलर सहयोग गर्ने निर्णय गरिएको हो । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार एसिया […]
काठमाडौं : गैर आवासीय नेपाली संघले ‘मध्यपूर्वका नेपालीको उद्दार तथा राहत मोडालिटी र कोरोना कहरबाट हुने रोजगारी’ को विषयमा सरकारलाई १४ बुँदे सुझाव दिएको छ । एनआरएनए मध्यपूर्वले कोरोनाबाट उत्पन्न परिस्थितिको गम्भिर समिक्षा गर्दै मध्यपूर्वमा रहेका नेपालीलाई राहत तथा उद्धारको विषयमा सरकारलाई १४ बुँदे सुझाव दिएको हो । एनआरएनएले मध्यपूर्वमा परराष्टको प्रत्यक्ष संलग्नता र दूतावास सहित […]