काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका नेपालीको विषयमा सरकार गम्भिर रहेको बताउनुभएको छ । श्रम तथा रोजगार पत्रकार समूहसँग कुराकानी गर्नुहुँदै मन्त्री ज्ञवालीले नेपाललाई सुरक्षित बनाएपछि विदेशबाट नेपालीलाई क्रमश: ल्याउने बताउनुभयो । मन्त्री ज्ञवालीले भन्नुभएको छ, ‘पहिला नेपाल सुरक्षित बनाउने हो । नेपाल सुरक्षित भएपछि क्रमशः विदेशमा रहनु भएको नेपालीलाई नेपालमा ल्याउछौं ।’ विदेशमा बस्ने […]
टोकियो : विश्वब्यापी फैलिएको कोरोना भाईरसका कारण हवाई उड़ान प्रभावित भएको वर्तमान अवस्थामा नेपाल फर्किन तथा जापान आउन चाहनुहुने व्यक्तिहरुलाई एनआरएनए जापानले पहल गर्ने भएको छ । एनआरएनए जापानले यसका लागि ईच्छुक व्यक्तिहरुको आँकडा प्राप्त भएपछि त्यस अनुरुप हवाई सेवा व्यवस्थापन गर्न सकिने जनाएको छ । जसअनुसार नेपाल फर्किन चाहने तथा जापान आउन चाहनेहरु बारे […]
न्यूयोर्क: अमेरिकाज् क्षेत्रमा कोरोना प्रभावीत गैर आवासीय नेपालीको विषयमा विभिन्न सरोकारवाला सम्मिलीत छलफल भएको छ । सम्बन्धीत देशका राजदूत, अवैतानिक महावाणिज्यदूत, गैर आवासीय नेपाली संघ सहित सरोकारवाला पक्ष सम्मिलीत बैठकले कोरोना प्रभावीत नेपालीको विषयमा बृहत्त छलफल गरेको हो । एनआरएनए अमेरिकाज् क्षेत्रको आयोजनामा सम्पन्न बैठकमा अमेरिका, क्यानडाका नेपाली राजदूत, महावाणिज्यदूत, एनआरएनए विभिन्न क्षेत्रमा क्रियाशील ब्यक्तीहरु, […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले नेपाल सरकारलाई दोस्रो चरणमा चीनबाट ल्याइएका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया, चीन र मकाउको संयोजनमा खरिद गरिएको दोश्रो चरणका स्वास्थ्य समाग्रीहरु एक कार्यक्रमबीच नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई एनआरएनए […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले लकडाउन र उडान प्रतिबन्धका कारण नेपालमा रोकिएका ६ सय जनाको नामावली नेपाली महावाणिज्य दूतावासको कार्यालयमा महावाणिज्यदूत कमल प्रसाद भट्टराईलाई बुझाएको छ । एनआरएनए हङकङका महासचिव गोकर्ण ढकालले महावाणिज्य दूत भट्टराईलाई नेपालमा रोकिएका ६ सय नेपालीलाई हङकङमा ल्याउने ब्यवस्था मिलाइदिनको लागि पहल गरिदिन नामावलीसहित ज्ञापनपत्र बुझाउनुभएको हो । […]
बहराइन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) बहराइनका अध्यक्ष लक्ष्मी गिरीले बहराइनमा रहनुहुने नेपालीहरुलाई बस्ने ठाउँ स्थानान्तरणको लागि राजदुतावासबाट पहल भइरहेकाले नआत्तिन आग्रह गर्नुभएको छ । बहराइनको परराष्ट मन्त्रालयसँग नेपाली राजदूत पदम सुन्दासज्यूले नेपालीहरु हाल बसिररहेको बस्ने ठाउँ स्थानान्तरणको लागि पहल गरिरहनु भएको जानकारी गराउँदै यहाँको मन्त्रालयले क्रमीक रुपमा नेपालीहरुलाई स्थानान्तरण गर्ने भएकाले नआत्तिन […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ ले लकडाउन र उडान प्रतिबन्धका कारण सयौ हङकङबासी नेपालीहरु नेपालमा अड्कीएको भन्दै हङकङ फर्कने वातावरण मिलाइदिन सरकारसँग माग गरेको छ । एनआरएनए हङकङले नेपालको विभिन्न ठाउँमा पाँच सयभन्दा बढी नेपालीहरु उडान प्रतिबन्धको कारण अड्कीएको भन्दै फर्कने वातावरण मिलाइदिन सरकारसँग माग गरेको हो । परराष्ट्र मन्त्री प्रदिप […]