एनआरएनए आइसिसी महिला संयोजकमा उम्मेदवारी दिन रजनी प्रधानलाई दबाब

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी महिला फोरम संयोजकमा रजनी प्रधानलाई पुन: उम्मेदवारी दिन दबाब परेको छ । पहिलो कार्यकाल महिला फोरममा रहेर निकै राम्रो काम गर्न सफल प्रधानलाई पुन: उम्मेदवारी दिन दबाब परिरहेको हो । हालसम्म कुनै पनि पदमा उम्मेदवारी घोषणा नगर्नु भएको प्रधानलाई विश्वभरिका महिलाहरुले चासो दिर्दै उम्मेदवारी दिन सुझाव दिइरहेका […]

एनआरएनए उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्षमा बेल्जियमबाट अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनएको दुई कार्यकाल आइसिसी सदस्य हुँदै यूरोप संयोजक र आइसिसी सचिव समेत भइसक्नु भएको श्रेष्ठ अघिल्लो […]

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी विजयी

कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी हुनु भएको छ । एनआरएनए कोरियाको छैटौं अधिबेशनबाट सुवेदी अध्यक्षमा विजयी हुनुभएको हो । मतदानमा कुल  १८१२ मत खसेको थियो । त्यसमा २२ मत कसैलाई पनि मत नदिई ‘नो भोट’ थियो । जसमा सुवेदीले ७९४ मत प्राप्त गर्दैै विजयी हुनुभयो । आइसिसी सदस्यमा एनआरएनए कोरियाबाट […]

एनआरएनए अमेरिकाज् क्षेत्रीय उप-संयोजकमा क्यानडाबाट अभिमन्यू बस्नेतको उम्मेदवारी घोषणा

क्यानडा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रीय उप-संयोजकमा क्यानडाबाट अभिमन्यू बस्नेतले उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि क्यानडा बस्दै आउनुभएको भक्तपुर निवासी बस्नेतले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागिरहेको संघको नवौ विश्व सम्मेलनमा उप-संयोजक  पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनए अभियानमा सक्रिय बस्नेत हाल आइसिसी सदस्य हुनुहुन्छ […]

एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा जापानबाट रोविन्द श्रेष्ठ (गोविन्द) को उम्मेदवारी घोषणा

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक संयोजकमा जापानबाट रोविन्द श्रेष्ठ ( गोविन्द ) ले उम्मेदवारी घोषणा गर्नुभएको छ । एसिया प्याशिफिकमा पूर्व सहसंयोजक समेत रहनु भएको श्रेष्ठले आगामी कार्यकालको लागि संयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एसिया प्याशिफिका देश दौडाहामा रहनु भएको श्रेष्ठले आफनो प्रमुख एजेन्डा एनआरएनलाई संस्थागत गर्न र […]

एनआरएनए उपाध्यक्षमा महासचिव बद्री केसीको उम्मेदवारी घोषणा (घोषणापत्रसहित )

  मस्को : गैर आवासीय नेपाली संघको आगामी नवौ विश्व सम्मेलनमा महासचिव डा. बद्री केसीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई कार्यकाल महासचिवको जिम्मेवारी निर्वाह गरिसक्नु भएको केसीले आफना विभिन्न  प्रतिबद्धतासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । संघको विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौमा हुँदैछ । केसीले जारी गर्नुभएको घोषणापत्र जस्ताको […]

एनआरएनए अध्यक्ष उम्मेदवार कुमार पन्तको घोषणा सभामा जे देखियो…(फोटोफिचर)

आगामी २०१९ -०२१ को लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको कुमार पन्तको घोषणासभामा एनआरएनका अग्रजहरु रामेश्वर शाह, आगामी उपाध्यक्षका उम्मेदवारहरु क्रमश सोनाम लामा, अर्जुन कुमार श्रेष्ठ, किरण विक्रम थापा, नरेन्द्र भाट, सचिवका उम्मेदवार आर के शर्मा, एनआरएनए मकाउका पूर्व अध्यक्ष मुकेश बरुवाल, एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष लोक प्रसाद दाहाल, यूएई अध्यक्ष प्रकास कोइराला, साउदी अरवबाट मार्नाथ सदस्य […]