एनआरएनए आइसिसी कोषाध्यक्षमा जापानबाट महेश श्रेष्ठको उम्मेदवारी घोषणा

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोवरमा काठमाडौंमा हुन लागिरहेको विश्व सम्मेलनमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।  श्रेष्ठले आफुले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याणकारी कोषमा वार्षिक ८० करोड रुपैया संकलन गर्ने योजना सहितको कार्ययोजना तर्जुमा गर्नुभएको छ । उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्समार्फत […]

एनआरएनए चीनको नवनिर्वाचीत कार्यसमितिद्धारा पदभार ग्रहण

चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनको नवनिर्वाचीत कार्यमितिले पदभार समालेको छ । एनआरएनए चीनको छैठौ अधिवेशनबाट सर्वसम्मत निर्वाचीत नयाँ कार्यसमितिलाई आइसिसी महासचिव डा. बद्री केसीले पद तथा गोपनीयताका सपथ खुवाउनुभएको हो । एनआरएनए चीनमा आगामी (२०१९-०२१) कार्यकालको लागि प्रदिप न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचीत हुनुभएको छ । साथै आइसिसी सदस्यमा नवीन विक निर्विरोध निर्वाचीत हुनुभएको […]

एनआरएनए जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले ५८५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचीत हुनुभएको हो । भण्डारीको निकटम प्रतिद्धन्द्धी टाँसी वाग्दी लामाले ५५३ मत प्राप्त गर्नुभयो । पाँच जनाको उम्मेदवारीमा एक जनाको उम्मेदवारी फीर्ता लिएकोमा चार जनाको प्रतिस्पर्धा भएको थियो । कुल २५५५ मतदाता रहेको जापानमा […]

एनआरएनए उपाध्यक्षमा सोनाम लामाको उम्मेदवारी घोषणा, घोषणापत्र चाँडै सार्वजनीक गर्ने

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्षमा एनआरएन अभियन्ता सोनाम लामाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । लामाले आफनो औपचारिक घोषणा चाँडै गर्ने बताउनुभएको छ । गैर आवासीय नेपाली संघको अभियानमा लामो समयदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको लामाले विश्वभरीबाट सबैको माग र चाहानाअनुसार उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनुभयो । एनआरएनएको भिजन टवान्टी […]

‘आर्थिक अनुसाशन, पारदर्शिता र श्रोत बिकास’ को लागि आइसिसी सह-कोषाध्यक्षमा उम्मेदवारी : एसी शेर्पा

न्यूयोर्क : गैर आवासीय नेपाली संघ (एनआएनए ) आइसिसी सहकोषाध्यक्षमा अमेरिकाबाट उम्मेदवारी घोषणा गरिसक्नु भएको एसी शेर्पाले आफनो उम्मेदवारी ‘आर्थिक अनुसाशन, पारदर्शिता र श्रोत बिकास’ को लागि भएको बताउनुभएको छ । तल्लो तहमा बसेरै पनि धेरै काम गर्न सकिन्छ भन्दै शेर्पाले आफूले सहकोषाध्क्षमा उम्मेदवारी दिएको बताउनुभयो । एनआरएनए संस्थाको संस्थागत योगदानलाई हेर्ने हो भने शेर्पाको […]

एनआरएनए स्पेन अध्यक्ष चिन्तामणी सापकोटाको आइसिसी सदस्यमा उम्मेदवारी

स्पेन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्पेनका वर्तमान अध्यक्ष चिन्तामणी सापकोटाले आगामी कार्यकालको लागि आइसिसी सदस्यमा उम्मेदवारी दिनुभएको  छ । सापकोटाले छैठौ महाधिवेशनको लागि आइसिसी सदस्यमा उम्मेदवारी दिनुभएको हो । आफनो पहिलो कार्यकाल सफल भएको भन्दै सापकोटाले आगामी कार्यकालको लागि सबैको भावनालाई कदर गर्दै आईसिसीमा उम्मेदवारी दिएको बताउनुभयो ।

श्रमिक कल्याणकारी कोषलाई मजबुत बनाउँछौ : कुमार पन्त

साउदी : गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले श्रमिक कल्याणकारी कोष परिचालन आगामी नेतृत्वको पहिलो प्राथमिकतामा रहने बताउनुभएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० साउदी अरबको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपालको अर्थतन्त्रको बलियो खम्बाका रुपमा रहेका खाडी मुलुकमा कार्यरत नेपाली कामदारको लागि स्थापना गरिएको श्रमिक कल्याणकारी कोषको परिचालन र विस्तारका […]