एनआरएनए युरोप संयोजक शिव कुमार बरुवालको आइसिसी सचीव पदमा उम्मेदवारी घोषणा

बेल्जियम : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसीको सचिव पदमा यूरोप संयोजक शिव कुमार बरुवालले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोबर १५- १७ काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा बरुवालले सचीव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । बरुवालले एनआरएन अभियानलाई अगाडि बढाउन, कार्यदक्षता र क्षमतालाई अझ सशक्त बढाउनको लागि आइसिसी सचीवमा जाने […]

एनआरएनए चीनको सचिव पदमा तीर्थ पौड्यालको उम्मेदवारी

चीन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनको आगामी कार्यकालको लागि सचिव पदमा तीर्थ पौड्यालले उम्मेदवादी दिनुभएको छ । लामो समयदेखि चीनमा बस्दै आउनुभएको झापा निवासी पौड्याल एक सफल ब्यवसायी हुनुहुन्छ । सन २०१३ मा एनआरएन चीनको कार्यसमिति हुँदै (२०१५ -२०१७) कार्यकालमा युवा प्रतिनिधि, ( २०१७ – २०१९ ) मा तदर्थ समिति सचिव रही जिम्मेवारी […]

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा निर्वाचीत

कतार:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतारको अध्यक्षमा मोहम्मद मुक्तदा निर्वाचीत हुनुभएको छ । आगामी २०१९ -०२१ कार्यकालको लागि मुक्तदा निर्वाचीत हुनुभएको हो ।  त्यस्तैगरि आइसिसी सदस्यहरुमा होम नाथ शर्मा, रमेश भट्ट, केवी हमाल र युबराज शर्मा निर्वाचीत हुनु भएको छ । त्यस्तै, प्रथम उपाध्यक्षमा उत्तम गुरुंग, द्दितिय उपाध्यक्षमा कुमार खड्का महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेल, […]

एनआरएनए हङकङको नयाँ कार्यसमितिलाई पूर्णता, सल्लाहकारमा १७ जना चयन, नयाँ कार्यसमितिको पदस्थापना

हङकङ :   गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । पुरानो कार्यसमितिबाट बिदाई  र  बुझबुझावट गर्दै एक कार्यक्रमकाबीच नयाँ कार्यसमितिको पदस्थापना गराइएको हो । कार्यक्रममा संरक्षक तथा संस्थापक अध्यक्ष कृष्ण पान्डे, संरक्षक तथा भुपु अध्यक्ष दुर्गा बहादुर गुरूङ, आईसीसी सदस्य दिलीप सिंंह गुरूङ, निर्वाचन कमिटी संयोजक जेबि ओख्राबो, सदस्य दासुराम […]

एनआरएनएको विश्व सम्मेलन दुई दिन पछि सर्यो : सम्मेलन अक्टोवर १५ देखि १७ तारिखसम्म हायात होटलमा तय

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलन दुई दिन पछि सरेको छ । सम्मेलन यसअघि आगामी अक्टोवर १३ देखी १५ तारिख सम्म गर्ने तय भएकोमा दुई दिन पछि सार्दै १५ अक्टोवरदेखि १७ सम्म गर्ने तय भएको हो । सम्मेलन काठमाडौँको हायात होटलमा गर्ने समेत तय गरिएको छ ।

एनआरएनए आयरल्याण्डको अध्यक्षमा मिलन छन्त्याल निर्वाचीत

आइरल्यान्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को अध्यक्षमा मिलन छन्त्याल निर्वाचीत हुनुभएको छ । एनआरएनए एनसिसी आयरल्यान्डको सातौ अधिवेशनबाट छन्त्याल अध्यक्षमा निर्वाचीत हुनुभएको हो । अधिवेशनले आइसिसी सदस्यमा विनोद कार्कीलाई निर्वाचीत गरेको छ ।   त्यस्तैगरि, खुल्ला उपाध्यक्षमा राम प्रसाद सापकोटा, अब्यदय पानी गौतम, महिला उपाध्यक्षमा सुनीता कार्की महासचिवमा ओम अधिकारी, सचिवमा प्रेम प्रसाद […]

एनआरएनए फान्सको अध्यक्षमा नरेन्द्र शाही (ठकुरी ) निर्वाचीत

फान्स: गैर आवासीय नेपाली संघ (एनआरएनए ) फान्सको अध्यक्षमा नरेन्द्र शाही (ठकुरी )  निर्वाचीत हुनुभएको छ । संघको आगामी  ( २०१९- २०२१)  कार्यकालको लागि आइतबार सम्पन्न अधिवेशनले शाहीलाई अध्यक्षमा निर्वाचीत गरेको हो । आइसिसी सदस्यमा भने पान कुमारी मल्ल निर्वाचीत हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा गीता खनाल (थापा), अमर बहादुर भण्डारी, महासचिवमा मिन कुमार श्रेष्ठ, […]