एनआरएनए पोर्चुगलको अध्यक्षमा ईश्वर रिजालको उम्मेदवारी दर्ता

लिस्बन: गैर आवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष पदमा चितवनका युवा ईश्वर रिजालले उम्मेदवारी दर्ता गराउनुभएको छ । विगत आधा दशकदेखि पोर्चुगलमा बस्दै आउनुभएको रिजाल सामाजिक क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ । रिजालले आगामी (२०१९- २०२१ ) कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो । पोर्चुगलको अगस्ट २५ तारिकमा निर्वाचन हुँदै छ । लोकप्रिय युवा रिजाल […]

एनआरएनए आइसिसी कोषाध्यक्ष हिक्मत थापाद्धारा उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा

काठमाडौं : गैर आवासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले आगामी कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवारी घोाषणा गर्नुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको नवौ महाधिवेशनमा कोषाध्यक्ष थापाले (२०१९-२०२१ ) कार्यकालको लागि उममेदवारी घोषणा गर्नुभएको हो । संघमा सन २००७ देखि आबद्द थापा एनआरएनए नाइजेरियाको सस्थापक अध्यक्ष हुनुहुन्छ हुँदै दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक, दुई कार्यकाल […]

एनआरएनए रोड सेप्टीका संयोजक थर्क सेनको आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा

लन्डन: गैर आवासीय नेपाली सघ (एनआरएनए ) को आसन्न नवौं महाधिवेशनमा एनआरएनए रोड सेप्टी कमिटीका संयोजक थर्क सेनले आईसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनए रोड सेप्टी कमिटि संयोजक रहनु भएको सेन विगत लामो समयदेखि एनआरएनए अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको छ । पूर्व ब्रिटीस आर्मी सेन लामो समयदेखि बेलायतमा रोड सेप्टीको क्षेत्रमा कार्यरत […]

एनआरएनए बेल्जियम अध्यक्षमा अनुजा प्रधानको उम्मेदवारी घोषणा

बेल्जियम :  गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी बेल्जियमको अध्यक्षमा अनुजा प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधानले एनसीसी बेल्जियम (२०१९–२०२१) को लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । महिलाहरु नेतृत्व तहमा आउनुपर्छ भन्ने युवा जोश र जाँगरले भरिएकी प्रधान एनआरएनए बेल्जियममा सक्रिय हुनुहुन्छ । महिलाहरु सक्षम छन भन्दै विभिन्न बहश पौरखी समेत गर्नुहुने प्रधान […]

‘एनआरएनए चुनावमा टिके प्रथाको अन्त्य गर्दै सक्षम ब्यक्तीहरुलाई क्षमता प्रदर्शन गर्ने अवसर दिनुपर्छ’

न्यूयोर्क : गैर आवासीय नेपाली संघ (एनआरएनए ) का आइसिसी उपाध्यक्ष कुल आचार्यले एनआरएनको चुनावमा टिका लगाउने प्रथाको अन्त्य गर्दै क्षमता प्रदर्शन गर्ने अवसर सबैलाई दिनुपर्नेमा जोड दिनुभएको छ । एनआरएनए न्यूर्योक च्याप्टरले आज आयोजना गरेको एक कार्यक्रममा सहभागी हुँदै अध्यक्षका उम्मेदवार आचार्यले एनआरएन विश्वभरि रहेका ८० लाख नेपालीको साझा संस्था भएकाले कसैलाई मन पर्दैमा […]

एनआरएनए अमेरिकाज् क्षेत्रको डिआरसी पदमा बेद राज बस्नेतको उम्मेदवारी घोषणा

टेक्सस /अमेरिका : गैर आवासीय नेपाली संघका आइसिसी सदस्य बेदराज बस्नेतले आगामी २०१९-०२१ कार्यकालको लागि अमेरिकाज् क्षेत्रको क्षेत्रीय उप-संयोजक (डिआरसी ) मा उम्मेदवारी घोषणा गर्नुभएको छ । बस्नेतले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘विश्वब्यापी एनआरएन सृढुढीकरणको लागि समावेशीता र एकता; को मूल नाराका साथ आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको […]

एनआरएनए मकाउको महासचिवमा तुलसी पौड्यालको उम्मेदवारी घोषणा

मकाउ: गैर आवासीय नेपाली संघ (एनआरएनए ) मकाउको आसन्न निर्वाचनमा तुलसी पौड्यालले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै पौड्यालले महासचिवमा उम्मेदवारी घोषणा गुर्नभएको हो । पौडयाले जारी गर्नुभएको प्रतिबद्धता जस्ताको तस्तै:- गैर आवासीय नेपाली संघ मकाउको आसन्न साधारण सभा र २०१९-०२१ को कार्यकालको लागि कार्यसमिति चयन वा निर्वाचनको लागि […]