काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) मा ८० एनसिसीमध्ये अहिलेसम्म ११ वटा एनसिसीले अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेका छन् । अहिलेसम्म निर्वाचन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गर्नेमा अमेरिकाज् क्षेत्रबाट अमेरिका, ओसेनीया क्षेत्रबाट अस्ट्रेलिया र न्यूजील्यान्ड, मध्य पूर्वबाट बहराईन, कुवेत र ओमन, यूरोपबाट लक्जेम्वर्ग र अष्टीया , एसिया प्रशान्त क्षेत्रबाट हङकङ, […]
किरण बुढाथोकी /काठमाडौं सोलुखोम्बु जिल्ला टाप्टीङ नगरपालिका १० दुधकुण्डामा जन्मे पनि सानैदेखि अमेरिका बस्दै आउनुभएको एसी शेर्पा गैर आवासीय नेपाली संघको एक अभियन्ता हुनुहुन्छ । तन, मन र धन सबै कुरामा सफल एसी शेर्पा गैर आवासीय नेपाली संघमा स्थापनाकालदेखि नै सक्रिय हुनुहुन्छ । विशेष गरि संस्था, देश र समाजमार्फत निस्वार्थ सेवा गर्दै आउनुभएको शेर्पा एनआरएनको […]
स्वीडेन : गैर आवासीय नेपाली संघको १७ अगस्टमा हुन गइरहेको निर्वाचनमा महासचिव बाहेक सबै पदमा एकल उम्मेदवारी मनोनयन दर्ता भएको छ । अध्यक्षमा दिनेश कुमार श्रेष्ठको एकल उम्मेदवारीको मनोनयन दर्ता भएको छ । महासचिवमा भने राजकुमार ओमशन र अनिल सापकोटा गरि दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक शिव कुमार चम्लागाँइले जारी गर्नुभएको […]
न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आसन्न निर्वाचनमा एनआरएनए अभियन्ता सोनाम लामालाई नेतृत्वमा तहमा छुटाउनु नहुनेमा एनआरएन अग्रजदेखि सबै तह तप्काका ब्यक्तीहरुले दबाब दिनुभएको छ । गैर आवासीय नेपाली संघको ८० वटा एनसिसी गठन भइसकेको अवस्थामा विश्वभरीबाटै लामालाई नेतृत्व तहमा आउँन दबाब परिरहेको हो । एनआरएनए यूरोप क्षेत्रको इटालीमा भएको क्षेत्रीय बैठकको अवसरमा […]
लन्डन : गैर आवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्माले विधान समिति सदस्यबाट राजीनामा दिदैं आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एक अपिल जारी गर्दै शर्माले विधान समिति सदस्यबाट राजीनामा दिदैं महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो । डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक समेत हुनुहुन्छ ।
हङकङ : गैर आवासीय नेपाली संघ (आइसिसी ) का भूतपूर्व कोषाध्यक्ष प्रकाश पुनले आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको नवौ महाधिवेशनमा आइसिसीमध्ये कुनै एक पदमा जाने चाहाना रहेको बताउनुभएको छ । अबको एनआरएन मुलुकको आर्थिक सम्मृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिर्दै पुनले आगामी निर्वाचनमा आइसिसीको भाइटल पोष्टमा जाने चाहाना ब्यक्त गर्नुभएको हो । विश्व सन्देशसँगको कुराकानीमा पुनले […]
लन्डन : नेपाली नागरिकताको निरन्तरता मुख्य एजेन्डा बनाएर गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको चुनावी मैदानमा होमिनु भएको पुनम गुरुङ हिजोआज निकै ब्यस्त हुनुहन्छ । पुनम विशेष गरि विश्वमै सबैभन्दा ठूलो सस्था बन्न सफल एनआरएनए यूकेलाई अझै प्रभावकारी रुपमा बेलायतमा रहनु भएको नेपाली समुदायमाफ पुर्याउँदै चुनावी प्रचारप्रसारसँगै एनआरएन अभियानमा ब्यस्त हुनुहुन्छ । पुनम आगामी […]